Kathmandu Press

बेल्जियममा काम लगाइदिन्छु भन्दै बैंकक पुर्‍याई बेचबिखन गरेको अभियोगमा पक्राउ

काठमाडौं, कात्तिक ७ : एक महिलालाई बेल्जियममा काम लगाईदिन्छु भन्दै बैंकक पुर्‍याई बेचविखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बागलुङ गल्कोट नगरपालिका ४ घर...
बेल्जियममा काम लगाइदिन्छु भन्दै बैंकक पुर्‍याई बेचबिखन गरेको अभियोगमा पक्राउ
Hardik ivf

काठमाडौं, कात्तिक ७ : एक महिलालाई बेल्जियममा काम लगाईदिन्छु भन्दै बैंकक पुर्‍याई बेचविखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बागलुङ गल्कोट नगरपालिका ४ घर भएका ४४ वर्षीय राजेन्द्र खड्कालाई काठमाडौं सिनामंगलबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

खड्काले पीडित महिलालाई बेल्जियमको होटलमा काममा लगाई दिने, मासिक १ लाखदेखि डेढ लाख तलब हुन्छ भनी प्रलोभनमा पारी विभिन्न मितिमा ८ लाख ५४ हजार रुपैयाँ समेत लिई सन् २०१९ मे २२ मा भैरहवाबाट भारतको गोरखपुर, कलकत्ता हुदै थाईल्याण्ड र कम्बोडियासम्म पुर्‍याई थाईल्याण्डमा खड्काको कोठामा अर्का भारतीय अभियुक्त पर्विन्दर सिंह समेतले यौनशोषण गरी धम्की दिई मलेसिया लगि अलपत्र पारेकोमा आफन्तको सहयोगमा सन् २०२० मार्च १५ मा नेपाल फर्कन सफल भएकी पीडितको जाहेरीको आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले हालसम्म फरार रहेका राजेन्द्रलाई सिनामंगलमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद अनुमति लिई मानब बेचविखन तथा ओसापसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत आवश्यक अनुसन्धान कार्य भईरहेको उक्त व्यूरोले जनाएको छ ।

प्रकाशित मिति: १८:३० बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्