अप्राकृतिक मैथुन विरुद्धको कसूर गर्ने विदेशी नागरिक पक्राउ
काठमाडौं, कात्तिक ७ : विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा क्यानेडियन नागरिक ४४ वर्षीय रोबर्ट किन्कलेलाई शनिबार दिउँसो...
काठमाडौं, कात्तिक ७ : विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा क्यानेडियन नागरिक ४४ वर्षीय रोबर्ट किन्कलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका ६ लेकसाईडमा नाबालकहरुलाई ललाई फकाई, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी यौनजन्य गतिविधि गर्दै आएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई ३ जना बालकहरुलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गर्नुका साथै बालकहरुको उद्दार गरेको हो ।
उनी उपर जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रकाशित मिति: १८:२६ बजे, आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












