Kathmandu Press

विमल घर्तिमगरले मच्छिन्द्रबाट ‘ए’ डिभिजन लिग खेल्ने

काठमाडौं, कात्तिक ७ : चोटका कारण १ वर्षपछि मैदान फर्किएका नेपाली राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्तिमगरले डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन...
विमल घर्तिमगरले मच्छिन्द्रबाट ‘ए’ डिभिजन लिग खेल्ने

काठमाडौं, कात्तिक ७ : चोटका कारण १ वर्षपछि मैदान फर्किएका नेपाली राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्तिमगरले डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन्।

कात्तिक २९ गतेबाट सुरु हुने ए डिभिजन लिगका लागि स्टार स्ट्राइकर विमललाई मच्छिन्द्रले अनुबन्धन गरेको हो। मच्छिन्द्रले आइतबार एक कार्यक्रम गर्दै विमलसँग सम्झौता गरेको छ। गत पुसमा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा घुँडामा चोट लागेपछि विमल मैदान बाहिर रहँदै आएका छन्।

कतारमा शल्यक्रिया गरेपछि विमल १ महिनाअघिदेखि प्रशिक्षणमा फर्किएका थिए। अल्घिल्लो सिजनको ए डिभिजन लिग पनि विमलले मच्छिन्द्रबाटै खेलेका थिए । एन्फाको प्रतिबन्धका कारण अघिल्लो सिजन लिगको अन्तिम खेल मात्र खेलेका थिए।

नयाँ सिजनका लागि बिमललाई भित्र्याउन थ्री स्टारले पनि चाहेको थियो, तर उनले मच्छिन्द्र रोजेका हुन्। मच्छिन्द्रसँग सम्झौता गरेपछि विमलले उपाधि रक्षा गर्ने मुख्य उद्देश्य रहेको बताए।

उनले विगत ९ महिना कठीन अवस्थामा मेहनत गरेकाले पुनरागमन गर्दा थप जिम्मेवारी महसुस भएको पनि बताए। मच्छिन्द्रले विमलसँगै मनिष डाँगी, सुनिल बलसँग सम्झौता गरेको छ भने अभिषेक रिजाल, रेजिन सुब्बा, विशाल राई, विशाल श्रेष्ठलगायतका पुराना खेलाडीसँग सम्झौता नवीकरण गरेको छ।

प्रकाशित मिति: १७:५७ बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्