करेन्ट लागेर तीनजना मृत्यु
काठमाडौं, कात्तिक ७ : विभिन्न जिल्लामा करेन्ट लागेर तीनजनाको मृत्यु भएको छ।रौतहटको ईशनाथ नगरपालिका-८ मन्सरी बस्ने हारिश ओसताको छोरा ८ वर्षीय अफजल ओसताको करेन्ट...
काठमाडौं, कात्तिक ७ : विभिन्न जिल्लामा करेन्ट लागेर तीनजनाको मृत्यु भएको छ।
रौतहटको ईशनाथ नगरपालिका-८ मन्सरी बस्ने हारिश ओसताको छोरा ८ वर्षीय अफजल ओसताको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ।
आफ्नै घर पछाडी खानेपानी कलमा जडान गरेको मोटरबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
नुवाकोटको लिखु गाउँपालिका-३ डुम्री बस्ने २७ वर्षीय मदन राईको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ। आफ्नै घरमा वाईरिङको काम गर्ने क्रममा करेन्ट लागरे गम्भीर घाइते भएका उनको त्रिशुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
सर्लाहीको ब्रम्हपुरी गाउँपालिका-२ बस्ने ४० वर्षीय सुरेश साहको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ।
प्रकाशित मिति: १७:०८ बजे, आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












