Kathmandu Press

एमालेको कार्यालय तुल्सीलाल आमात्य स्मृति प्रतिष्ठानमा सर्ने

काठमाडौं, कात्तिक ७ : एमालेको कार्यालय ललितपुरको च्यासलस्थित तुल्सीलाल आमात्य स्मृति प्रतिष्ठानमा सर्ने भएको छ।आज (आइतबार) एमाले र प्रतिष्ठानबीच सो विषयमा सहमति भएको महासचिव...
एमालेको कार्यालय तुल्सीलाल आमात्य स्मृति प्रतिष्ठानमा सर्ने

काठमाडौं, कात्तिक ७ : एमालेको कार्यालय ललितपुरको च्यासलस्थित तुल्सीलाल आमात्य स्मृति प्रतिष्ठानमा सर्ने भएको छ।

आज (आइतबार) एमाले र प्रतिष्ठानबीच सो विषयमा सहमति भएको महासचिव ईश्वर पोखरेलले जानकारी दिएका छन्। अहिले एमाले कार्यालय थापाथलीमा रहेको छ। केही समयअघि मात्र धुम्बाराहीबाट थापाथलीमा कार्यालय सारिएको थियो।

Hardik ivf

‘नेकपा (एमाले) र तुलसीलाल स्मृति प्रतिष्ठानका बीच आज महत्वपूर्ण समझदारी। अब केही समयपछिदेखि नेकपा (एमाले) ले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण कामहरू यहींबाट हुनेछन्!’ महासचिव पोखरेलले फेसबुकमा उल्लेख गरेका छन्।

उनले सम्झौताका अवसरमा खिचिएको तस्बिर पनि सार्वजनिक गरेका छन्।

प्रकाशित मिति: १६:५३ बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्