Kathmandu Press

पर्यटन प्रवर्धनका लागि नेपाल र भारतबीच सहकार्य गरिने

काठमाडौं, कात्तिक ७ : नेपाल र भारतबीच दुवै देशको पर्यटन प्रवर्धनका लागि सहकार्य गरिने भएको छ। उक्त प्रयोजनका निम्ति नेपाल पर्यटन बोर्ड र...
पर्यटन प्रवर्धनका लागि नेपाल र भारतबीच सहकार्य गरिने

काठमाडौं, कात्तिक ७ : नेपाल र भारतबीच दुवै देशको पर्यटन प्रवर्धनका लागि सहकार्य गरिने भएको छ। उक्त प्रयोजनका निम्ति नेपाल पर्यटन बोर्ड र भारतको ट्रावल एजेन्टस् एशोसिएशन अफ इण्डिया (टाई) बीच दुई देशीय पर्यटन प्रवद्र्धनका लागि आसपी सहकार्य गर्ने सम्झौता गरिएको हो।

नयाँ दिल्लीमा यही अक्टोबर २२ तारिखमा आयोजित एक कार्यक्रमबीच बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मी टाईका अध्यक्ष ज्योति मायालले उक्त सम्झौतामा हस्ताक्षर गरेको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ।  

Hardik ivf

सम्झौताअनुसार बोर्ड तथा टाइले आयोजना गर्ने पर्यटन प्रवर्धनक विभिन्न ‘इभेन्ट’, रोड सो’, वेवीनार जस्ता कार्यक्रममा आपसी सहकार्य गर्ने तथा दुवै देशमा आयोजना हुने राष्ट्रिय तथा क्षेत्रीय कार्यक्रम, ट्राभल मार्ट जस्ता कार्यक्रममा आमन्त्रण गर्नेलगायतका विषय समावेश छन्।

भारत नेपालका प्रमुख पर्यटकीय स्रोत बजार रहेकाले यस सम्झौताले नेपालको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बोर्डका कार्यकारी प्रमुख डा रेग्मीले बताए। उनले एक अर्को देशमा भएका पर्यटन प्रवद्र्धनका राम्रा अभ्यास आदानप्रदान गर्दा दुवै देशको पर्यटन प्रवद्र्धनमासमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।

 

प्रकाशित मिति: १६:०६ बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्