Kathmandu Press

काठमाडाैंका वडा केन्द्रहरूमा पुगेर बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै अभिभावक (तस्बिरहरू )

काठमाडौं, कात्तिक ७ : आज देशभर ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम जारी छ।‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा...
काठमाडाैंका वडा केन्द्रहरूमा पुगेर बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै अभिभावक (तस्बिरहरू )

काठमाडौं, कात्तिक ७ : आज देशभर ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम जारी छ।

‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा सहभागी  होऔं, बालबालिकालाई कुपोषण र रतन्धो  हुनबाट बचाई निरोगी बनाऔं’ भन्ने आह्वानसँगै काठमाडौं महानगरपालिकाका वडावडामा सो कार्यक्रम सञ्चालन भइरहको छ। अभिभावकहरू आफ्ना बालबालिकालाई तोकिएका केन्द्रहरूमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइरहेका छन्।   

एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’सँगै जुका औषधि पनि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

आफूलाई पायक पर्ने खोप केन्द्र वा वडा कार्यालयमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। आज र भोलि निःशुल्क भिटामिन ए र जुकाको औषधि खुवाइनेछ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिँदै आएको छ। यो वर्ष पहिलो चरणमा गत वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको थियो।

 

 

प्रकाशित मिति: १५:४२ बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्