Kathmandu Press

चोक्तेनारायण जात्रा अर्थात्  ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ (फोटोफिचर) 

उक्त जात्रामा रथको गजुर मुनि र फेद भने टुप्पोमा हुने गर्छ। साबिकका जात्रामा भन्दा कतै नभएको खट तथा अन्य विधि हुने कारण पनि यस जात्रालाई कतै नभएको जात्रा हाँडीगाउँमा भनिएको हो।
चोक्तेनारायण जात्रा अर्थात्  ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ (फोटोफिचर) 

काठमाडौं, कात्तिक ४ : हरेक वर्ष कौलाथ्व पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदाका दिन काठमाडौंको पुरानो सहर हाँडीगाउँमा चोक्तेनारायण जात्रा मनाइने गरिएको छ।

चोक्तेनारायण जात्रालाई कही नभएको जात्रा हाँडीगाउँमा भन्ने जात्राबाट पनि चिनिन्छ। आज (बिहीबार) हाँडीगाउँमा यस जात्रा सम्पन्न भएको छ। यस जात्राको अर्को नाम ‘नरनारायण जात्रा’ पनि हो।

उक्त जात्रामा रथको गजुर मुनि र फेद भने टुप्पोमा हुने गर्छ। साबिकका जात्रामाभन्दा कतै नभएको खट तथा अन्य विधि हुने कारण पनि यस जात्रालाई कतै नभएको जात्रा हाँडीगाउँमा भनिएको हो।

Hardik ivf

यस जात्रामा तीनवटा रथ हुन्छन्। ब्रम्हा, विष्णु र उमा महेश्वर गरी तीन देवताको प्रतिकको रुपमा उक्त तीन रथलाई पुज्ने गरिन्छ। जात्रा अवधिमा हाँडीगाउँमा विभिन्न टोलमा रथ परिक्रमा गरिन्छ। 

जात्रासँग विभिन्न किवंदन्ती पनि जोडिएर आउने  गरेका छन्। यसका साथै जात्रा नसकिएसम्म हाँडीगाउँमा दशैं नसकिने पनि स्थानीय बताउँछन्।

अन्य स्थानमा कोजाग्रत पूर्णिमाबाट सकिने दसैं यहाँ भने पूर्णिमाको भोलिपल्ट अर्थात कात्तिक कृष्ण प्रतिपदामा पनि मनाउने गरिन्छ।

प्रकाशित मिति: १५:१२ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्