फर्किन थाले दसैंमा घर गएका यात्री (फोटो फिचर)
दसैं मान्न घर गएका काठमाडौं उपत्यका बाहिरका स्थायी बासिन्दाहरू कर्मथलो काठमाडौं उपत्यका फर्किन थालेका छन्। त्यससँगै उपत्यकामा चहलपहल बढेको छ।
काठमाडौं, असोज ३१ : दसैं मान्न घर गएका काठमाडौं उपत्यका बाहिरका स्थायी बासिन्दाहरू कर्मथलो काठमाडौं उपत्यका फर्किन थालेका छन् । त्यससँगै उपत्यकामा चहलपहल बढेको छ ।
दसैंमा बन्द भएका सरकारी कार्यालयहरू आइतबारदेखि खुलेका छन् । सरकारीसँगै निजी कार्यालयहरू पनि सञ्चालनमा आएकाले उपत्यकामा सवारी साधनको शनिबारभन्दा बढेको छ । दसैंमा सुनसानप्रायः बनेको काठमाडौंमा नियमितजसो सबै प्रकारका सेवा सञ्चालनमा आएका छन् ।
प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल बाक्लिएको छ । सबैजसो मन्त्रालयमा मन्त्री, कर्मचारी तथा आगन्तुकको बाक्लो उपस्थिति देखिन्थ्यो । विभिन्न मन्त्रालयका मन्त्री पनि कार्यालय पुगेर नियमित काममा व्यस्त देखिन्थे । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मन्त्रालय पुगेर नियमित काममा व्यस्त रहेको उनका स्वकीय सचिव रामजी थापाले जानकारी दिए । अन्य विभागीय मन्त्री पनि नियमित काममा व्यस्त रहे ।

दसैंको टीकाको तेस्रो दिन आइतबार पनि आफन्त र मान्यजनबाट टीका र जमरा लगाई आशिर्वाद लिने क्रम जारी छ । टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैंको टीका लगाउने चलन छ ।
काठमाडौं उपत्यकामा पनि दसैंको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लो देखिन्छ । उपत्यकामा औषधि, खाद्यान्न, दूध र तरकारीका पसल खुलेका छन् ।
दसैं मनाउन गाउँघर गएका सर्वसाधारणराजधानी भित्रिने क्रमसँगै कोटेश्वर, कलंकी, गोंगबु, बल्खुलगायत नाकामा भीडभाड देखिन्छ । मानिसको चहलपहल र सवारीसाधनको आवतजावत तथा बजार पसल पनि क्रमशः खुल्न थालेकाले राजधानी काठमाडौं लयमा फर्कन थालेको अनुभूति हुन्छ ।
राससको सहयोगमा



















-(86)-1764936079.jpg)