Kathmandu Press

व्यास अल्ट्राम्याराथनको उपाधि आर्मी क्लबका रानाभाटलाई

दमौली, माघ १६ : व्यास नगरपालिकाको आयोजनामा आज सम्पन्न ‘दोस्रो व्यास अल्ट्रा म्याराथन’को उपाधि त्रिभुवन आर्मी क्लबका खगेन्द्रबहादुर रानाभाट....

व्यास अल्ट्राम्याराथनको उपाधि आर्मी क्लबका रानाभाटलाई

दमौली, माघ १६ : व्यास नगरपालिकाको आयोजनामा आज सम्पन्न ‘दोस्रो व्यास अल्ट्रा म्याराथन’को उपाधि त्रिभुवन आर्मी क्लबका खगेन्द्रबहादुर रानाभाटले जितेका छन् ।

व्यास–५ मानहुँदेखि ८ नं वडाको पुलिमराङसम्मको ४४ किलोमिटर दूरी २ घण्टा ५३ मिनेटमा पार गर्दै रानाभाटले उपाधि जितेका हुन् । त्रिभुवन आर्मी क्लबकै नवराज साउद ३ घण्टा २ मिनेटमा उक्त दूरी पार गर्दै द्वितीय भएका छन् । दुवैको घर डोटी हो । तृतीय स्थानमा आएका पाँचथरका भूमिराज राईले ३ घण्टा १४ मिनेटमा उक्त दूरी पार गरे ।

Hardik ivf

रुकुमका दुर्गाराज बुढा, रामेछापका किरणसिं बोगटी मगर, व्यास–६ का सुरेन्द्र चापागाईँ, व्यास–६ कै विशाल गुरुङ र सोलुखुम्बुका सुमन कुलुङले सान्त्वना पुरस्कार पाएका छन् । द्वितीय भएका साउदले गत वर्ष सम्पन्न प्रथम अल्ट्रा म्याराथनमा ३ घण्टा १३ मिनेटमा उक्त दूरी पार गर्दै उपाधि जितेका थिए ।

प्रथम, द्वितीय र तृतीय स्थानमा आउने धावकहरूले क्रमश: ८० हजार, ६० हजार र ५० हजार रूपैयाँ पुरस्कार जितेका छन् । पाँच जना धावकलाई १५ हजार रूपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।

विजेताहरूलाई म्याराथन धावक बैकुण्ठ मानन्धर र नगर प्रमुख बैकुण्ठ न्यौपानेले पुरस्कार वितरण गरे । प्रतियोगितामा १९ जिल्लाका एक सय ४ जना धावकको सहभागिता रहेको नगरपालिकाका प्रवक्ता एवं व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: १८:०६ बजे, बुधबार, माघ १६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्