तलेजु भवानी मन्दिर खुला (फोटो फिचर)
हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिर आज भक्तजनका लागि खुला गरिएको छ ।
काठमाडौं, असोज २८ : हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिर आज भक्तजनका लागि खुला गरिएको छ ।
यो मन्दिर महानवमीका दिन वर्षमा एकपटक मात्र खोल्ने गरिन्छ । गत वर्ष कोभिड–१९ महामारीका कारण महानवमीमा पनि मन्दिर खोलिएको थिएन ।
हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार यस वर्ष भक्तजनका लागि समेत मन्दिर खोलिएको हो ।
भक्तजनको घुइँचो व्यवस्थापनका लागि भौतिक दूरी अनिवार्य गरिएको छ । अन्य स्वास्थ्य मापदण्डको पालनामा कडाइ गरिने अड्डाले जनाएको छ ।








प्रकाशित मिति: ०९:२५ बजे, बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)