Kathmandu Press

देशभर दसैं, खोकनामा सिकाली जात्राको रौनक (फोटो फिचर)

ललितपुर खोकनाको सिकालीमा मंगलबार रुद्रायणी देवगणहरूले नृत्य प्रस्तुत गरेका छन्। देशभर दसैंको चहलपहल हुँदा यहाँ भने सिकाली जात्राको चटारो हुन्छ।
देशभर दसैं, खोकनामा सिकाली जात्राको रौनक (फोटो फिचर)

काठमाडौं, असोज २६ : ललितपुर खोकनाको सिकालीमा मंगलबार रुद्रायणी देवगणहरूले नृत्य प्रस्तुत गरेका छन्। देशभर दसैंको चहलपहल हुँदा यहाँ भने सिकाली जात्राको चटारो हुन्छ।

आज रुद्रायणी गुठीका १४ जना देवगणले मुकुण्डो र वस्त्र लगाएर मन्दिर परिसरमा नृत्य देखाए। सिकाली चौरबाट नाच्दै उनीहरूले गाउँ परिक्रमा गरे। आज क्वँलाछीमा आएर जात्रा समापन हुन्छ।

सिकाली जात्रामा रुद्रायणी, भैरव, कुमारी, गणेश, ब्रह्मा, विष्णु, महादेव, इन्द्रायणी, बाराही, चामुण्डा काली, महालक्ष्मी, कुमार, हनुमान र शक्ति कुमार गरी १४ देवगणले नृत्य प्रस्तुत गर्छन्।

खोकनामा घटस्थापनाको दिन मचाः पूजापछि कुमार केटाहरूले सिकाली चौरमा रहेको मन्दिरमा लगेर गोप्य पूजा गर्ने गर्छन्। यो क्रम चार दिनसम्म चल्छ। दशैंको पाँचौँ दिन खोकनामा रुद्रायणी मन्दिरबाट देवतालाई बाहिर निकालेर छैटौँ दिन बिहानै सिकाली मन्दिरमा लगिन्छ। छैटौँ दिन नै सिकालीमा देवगणहरूले नृत्य प्रस्तुत गर्छन्। विजया दशमीको दिन भने खोकनामा टीका लगाइँदैन।

प्रकाशित मिति: १३:४२ बजे, मंगलबार, असोज २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्