Kathmandu Press

पचली भैरव जात्रा सम्पन्न (फोटो फिचर)

पचली भैरव (तेप आजु द्य) जात्रा सम्पन्न भएको छ। आज टेकुस्थित मन्दिरबाट पचली भैरवको मूर्तिलाई खटमा राखेर वसन्तपुरस्थित हनुमानढोका पु¥याइएको थियो।
पचली भैरव जात्रा सम्पन्न (फोटो फिचर)

काठमाडौं, असोज २५ : पचली भैरव (तेप आजु द्य) जात्रा सम्पन्न भएको छ। आज टेकुस्थित मन्दिरबाट पचली भैरवको मूर्तिलाई खटमा राखेर वसन्तपुरस्थित हनुमानढोका पु¥याइएको थियो।

हनुमानढोकामा पचली भैरवलाई जीवित देवी कुमारीसँग भेट गराइएको थियो। जनविश्वासअनुसार कुमारी पचली भैरवकी छोरी हुन्। वर्षको एक दिन पचली भैरव छोरी कुमारी भेट्न हनुमानढोका आउने जनविश्वास पनि रहिआएको छ।

हनुमानढोकामा कुमारी र पचली भैरवलाई आमनेसामने राखिएको थियो। त्यहाँ दुवैको आँखा जुधाइएको थियो। त्यसलाई स्थानीय भाषामा ‘दृष्टि चुलाकेगु’ भनिन्छ। त्यसक्रममा पचली भैरवले कुमारीलाई आफूमा निहित शक्ति प्रदान गर्ने जनविश्वास छ।

Hardik ivf

किंवदन्तीअनुसार चित्लाङ मूल थलो भएका पचली भैरव फर्पिङबाट राज्य सञ्चालन गर्थे। काशीमा गएर स्नान गरेर पचली भैरव काठमाडौंमा रहेकी प्रेमिकालाई भेट्न आउने गरेको कथन छ। एक दिन प्रेमिकालाई भेटेर फर्कन खोज्दा सुकाइरहेको फरिया नाघेर उनी अघि जान सकेनन्। त्यसपछि उनलाई प्रेमिकाका दाजुभाइले समातेर कुटे। भैरवको मृत्यु भएको ठानेर उनलाई टेकुमा फालियो। पचली भैरवलाई फालेकै स्थानमा अहिले पचली भैरवको मन्दिर रहेको स्थानीय बासिन्दा बताउँछन्।

केही वर्ष अघिसम्म पचली भैरवलाई परालले बनाइएको पेचामा राखेर युवाले काँधमा बोकेर नगर परिक्रमा गराउने गरिन्थ्यो। तर,  काँधमा बोकेर लग्दा पचली भैरवको मूर्ति खस्ने र बिग्रिने हुँदा अहिले भने खटमा राखेर परिक्रमा गराउने गरिएको छ। पहिले मध्यरातमा जात्रा हुने भए पनि यस वर्ष भने कोरोनाका कारण छिट्टै जात्रा सम्पन्न गरिएको हो।

प्रकाशित मिति: २१:२१ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्