Kathmandu Press

दशैंको घुमघाम चिया बगान (तस्बिरहरु)

अहिले भने इलामको अर्को परिचय चिया बगान बनेका छन्। कोरोना महामारीका कारण दुई वर्ष सुनसान रहेका यहाँका चिया बगान फेरि आन्तरिक पर्यटकले गुल्जार हुन थालेका छन्।
दशैंको घुमघाम चिया बगान (तस्बिरहरु)
तस्बिरहरु : सुजल बज्राचार्य

इलाम, असोज २४ : दशैंको विदामा घुमाघम गर्ने तयारीमा हुनुहुन्छ भने इलामका चिया बगान स्वागतको तयारीमा छन्।

आकाश खुलेको छ। वर्षा रोकिएको छ। यस्तो वेला इलामका चिया बगान चिटिक्क परेका छन्।

यहि वेला चिया टिप्ने चटारो छ। यहाँका बगामान चिया टिपिरहेको दृश्य झन मनमोहक हुन्छ।

वि.सं. १९२० मा जंगबहादुर राणाले चीनबाट ल्याएको चियाको बोट इलाम चिया बगानमा रोपिएको थियो। त्यसयता चिया खेती बढ्दै गएपछि वि.सं. १९४० मा चिया प्रशोधन उद्योग स्थापना गरियो।

अहिले भने इलामको अर्को परिचय चिया बगान बनेका छन्। कोरोना महामारीका कारण दुई वर्ष सुनसान रहेका यहाँका चिया बगान फेरि आन्तरिक पर्यटकले गुल्जार हुन थालेका छन्।

प्रकाशित मिति: ०९:०३ बजे, आइतबार, असोज २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्