Kathmandu Press

गोधूलीमा कोसी र मछुवार (तस्बिरहरू)

प्रायः बाढीसँग जोडिएर आउने कोसी यतिवेला भने शान्त छ। साँझपख त झन मछुवाको ओहोरदोहोरले रमणीय हुन्छ।
गोधूलीमा कोसी र मछुवार (तस्बिरहरू)
तस्बिरहरू : सुजल बज्राचार्य

सुनसरी, असोज २२ : प्रायः बाढीसँग जोडिएर आउने कोशी यतिवेला भने शान्त छ। साँझपख त झन मछुवार (माछा मार्ने मान्छे) को ओहोरदोहोरले रमणीय हुन्छ।

वर्षायाम सकिएसँगै कोशी पनि संग्लिएको छ। पानीको सतह पनि केही घटेको छ। जसले गर्दा स्थानीय बासिन्दा साँझपख माछा मार्न कोशी किनार पुग्छन्।

कतिपय जाल थापेर त कतिपय डुंगामा सयर गर्दै माछा मारिरहेका देखिन्छन्। कतिपय बल्छी पनि थापिरहेका हुन्छन्।

कोसीमा माछा मारेर स्थानीय बासिन्दा साँझको छाक मात्रै टार्दैनन्, आर्थिक उपार्जन पनि गर्दै आएका छन्। उनीहरु आयस्रोत माछे भएको बताउँछन्।

 

प्रकाशित मिति: ०८:२२ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्