Kathmandu Press

यस्तो देखियो एमाले विधान महाधिवेशन स्थल (फोटो फिचर)

सम्मेलनमा सहभागी हुन नेता–कार्यकर्ता सभाहल पुगेका छन् । एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने विधान महाधिवेशन तीन दिनसम्म चल्नेछ ।
यस्तो देखियो एमाले विधान महाधिवेशन स्थल (फोटो फिचर)

काठमाडौं, असोज १५ : ललितपुर गोदावरीस्थित सनराइज सभाहलमा एमालेको पहिलो विधान महाधिवेशन सुरु हुँदैछ ।

सम्मेलनमा सहभागी हुन नेता–कार्यकर्ता सभाहल पुगेका छन् । एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने विधान महाधिवेशन तीन दिनसम्म चल्नेछ ।

पहिलो विधान महाधिवेशनमा एमालेलाई लामो समय नेतृत्व दिएका पूर्वमहासचिव माधवकुमार नेपाल र पूर्वअध्यक्ष झलनाथ खनाल उपस्थित हुने छैनन् । किनकि, उनीहरू एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष र वरिष्ठ नेता बनेका छन् ।

Hardik ivf

एमाले उपाध्यक्ष वामदेव गौतम पनि महाधिवेशनमा सहभागी छैनन् । उनले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएर अहिले स्वतन्त्र हैसियतमा बसेका छन् । एमालेका संस्थापक नेताहरू मध्येका मुकुन्द न्यौपाने पनि महाधिवेशनमा सहभागी छैन । उनी नेकपा (एकीकृत समाजवादी)मा तेस्रो वरियताका नेता बनेका छन् ।

प्रकाशित मिति: १३:१७ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्