भिन्टेज सहरका भिन्टेज कार (फोटो फिचर)
काठमाडौंका सडकमा यस्ता पुराना गाडी गुडाउन पाइँदैन। किनकि, सरकारले १ चैत ०७३ देखि २० वर्ष पुराना गाडी गुडाउन प्रतिबन्ध लगाएको छ। त्यसैले संग्रहालयको शोभा बनेका छन्, यी कार।काठमाडौं, असोज १२ : कतिपयले ‘भ्यागुते गाडी’ भन्छन् त कतिपयले कछुवाजस्तो। यी हुन् भिन्टेज गाडी, जो संग्रहालयको शोभा बनेका छन् आजकल।
यी गाडीलाई ‘ओल्ड इज गोल्ड’को उपमा उपयुक्त हुन सक्छ। यी गाडीले निजी सवारी साधनको विकास क्रमलाई साथमा राखेका छन्।
काठमाडौंमा त्यस्ता केही व्यवसायी पनि छन्, जसले पुराना कारलाई संकलन गरेर पर्यटक आकर्षित गर्ने प्रयास गरिरहेका छन्। यस्ता कारलाई उनीहरू ‘गोल्ड’ मात्र होइन, ‘डाइमन्ड’कै संज्ञा दिन्छन्।
उनीहरू मध्येकै हुन्, आनन्दराज बतास। उनले भारतले निर्माण गरिदिएको पशुपति धर्मशालामा पुराना गाडीहरू संग्रह गरेर राखेका छन्। उनीजस्तै केही व्यवसायी मिलेर ‘एसोसिएसन अफ नेपाल बिटल्स युजर्स ग्रुप’ पनि स्थापना गरेका छन्।
काठमाडौंका सडकमा यस्ता पुराना गाडी गुडाउन पाइँदैन। किनकि, सरकारले १ चैत ०७३ देखि २० वर्ष पुराना गाडी गुडाउन प्रतिबन्ध लगाएको छ। त्यसैले संग्रहालयको शोभा बनेका हुन्, यी कार। काठमाडौंका सडकमा यस्ता गाडी गुड्न थालेको इतिहास आठ दशक पुरानो छ।