रेश्माको हत्या गरिएको परिवारजनको आरोप
वीरगंज, साउन १६ : वीरगंज महानगरपालिका–३ प्रगतिनगरकी २३ वर्षीया लक्ष्मी ठाकुर (रेश्मा)को हत्या गरिएको परिवारजनले आरोप लगाएका छन्।
आइतबा....
वीरगंज, साउन १६ : वीरगंज महानगरपालिका–३ प्रगतिनगरकी २३ वर्षीया लक्ष्मी ठाकुर (रेश्मा)को हत्या गरिएको परिवारजनले आरोप लगाएका छन्।
आइतबार दिउँसो घरबाट मःम खान भनेर निस्केकी रेश्मालाई राति ८ बजे अस्पतालको शैय्यामा छटपटाइरहेको अवस्थामा भेटेका थिए। उनको उपचारका क्रममै मृत्यु भएको थियो। परिवारजनले उनको हत्या गरिएको आरोप लगाउदै छानविनको माग गरेका छन।
उनले वीरगञ्जको लक्ष्मी माईस्थान चोकमा रहेको हट मःम सेन्टरमा साथी सुरक्षा खतिवडा (जास्मीनंसँगै खाजा खाएकी थिइन्। त्यसपछि छुट्टिएको सुरक्षाको भनाइ छ।
केहीबेरपछि रष्मीले विष सेवन गरेको भन्दै अर्की साथी अल्का कलवारलाई फोन गरेको सुरक्षाको भनाइ छ। त्यसपछि उनलाई घण्टाघर अगाडिबाट अस्पताल पुर्याएको सुरक्षाले बताइन्। उनले किन विष सेवन गरिने भन्ने आफूलाई थाहा नभएको सुरक्षाले बताइन्।
परिवारजनले भने उनले आत्महत्या नगरेको बरु हत्या गरिएको आरोप लगाएका छन्। उनीहरूले घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेका छन्।
त्यो दिन रेश्माको मोबाइलबाट कल डिटेल्स मेटाइएको पाइएकाले थप शंका उत्पन्न भएको परिवारजनको भनाइ छ। उनले घरबाट निस्कँदा र अस्पतालमा भेटिएको लेगिज फरक पर्नु, सुरुवाल च्यातिएको, जीउमा धुलोमाटो लाग्नुजस्ता कारणले पनि घटना शंकास्पद भएको उनकी दिदी पिंकीले बताइन्।
रेश्माको प्रेमी भनिएका आनन्द गुप्ता फरार रहेका छन्। प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ।