Kathmandu Press

वसन्तपुर दरबार क्षेत्रमा देवी नाच सुरु

काठमाडौं, २ असोज : हनुमानढोका दरबार क्षेत्रमा इन्द्रजात्राको इन्द्रध्वजोत्थान गरिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा आज बिहान ६ः५१ बजे इन्द्रजात्राको लिङ्गो ठड्याइएको हो...
वसन्तपुर दरबार क्षेत्रमा देवी नाच सुरु

काठमाडौं, २ असोज : हनुमानढोका दरबार क्षेत्रमा इन्द्रजात्राको इन्द्रध्वजोत्थान गरिएको छ। 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा आज बिहान ६ः५१ बजे इन्द्रजात्राको लिङ्गो ठड्याइएको हो। 

कार्यालयका मूल पुजारी देवराज अर्यालद्वारा विधिपूर्वक पूजा आराधना एवं हवन गरी शुभ साइतमा इन्द्रध्वजोत्थान गरिएको हो। सो अवसरमा नेपाली सेनाको शार्दुलजङ्ग गुल्म (गुरुजुको पल्टन) ले धिमे बाजासहित मङ्गल धुनको प्रस्तुति गरेको थियो। 

इन्द्रध्वजोत्थानसँगै आज बिहान वसन्तपुर दरबार क्षेत्रमा देवी नाच पनि प्रस्तुत गरिएको छ। आजदेखि यही असोज ८ गतेसम्म विभिन्न १९ किसिमभन्दा बढीका नाच पनि वसन्तपुर क्षेत्रमा प्रस्तुत गरिन्छ। 

त्यस्तै, हिजाे राति इन्द्रजात्रा कै अवसरमा स्वेत भैरव (हाथु द्य) हाथा हायेकेगु हुने स्थानमा गुठियारले स्वेत भैरव र परिसरको सरसफाइ गरेका छन् भने मरु टोलमा इन्द्र देवताको हात बाँधेर राखिएको मूर्ति पनि स्थापना गरिएको छ।

मरु टोल भगवती बारीमा परिजातको फूल चोर्न आँउदा मालीले समातेर उनको हात बाँधी राखेको प्रतिकृति स्वरुप उक्त मूर्तिको स्थापना गरिएको हो।

भक्तपुर, हलचोकलगायत उपत्यकाका विभिन्न स्थानबाट वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राका अवसरमा नाच प्रस्तुत गर्ने परम्परा छ। इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन आइतबार कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ। 

असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको छ। असोज ८ गते नानिचा यात्रा गरिने छ। त्यसै दिन राति १०ः३६ बजे इन्द्रध्वज पातनअर्थात् लिङ्गो ढालिने साइत छ। यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ।

 

प्रकाशित मिति: ०९:३३ बजे, शनिबार, असोज २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्