Kathmandu Press

इन्द्रजात्राका लागि ठड्याइयो इन्द्रध्वज (तस्बिरहरू)

वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको आज बिहान इन्द्रध्वजोत्थान गरिएको छ।
इन्द्रजात्राका लागि ठड्याइयो इन्द्रध्वज (तस्बिरहरू)

काठमाडौं, असोज २ : वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको आज बिहान इन्द्रध्वजोत्थान गरिएको छ।

आज बिहान ६ः५१ बजेको शुभसाइतमा इन्द्रजात्राको लिंगो ठड्याइएको हो। यससँगै विधिवत रुपमा इन्द्रजात्रा सुरु भएको छ।

अब इन्द्रजात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइनेछ। त्यसपछि असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए। असोज ८ गते नानिचा यात्रा गरिनेछ।

Hardik ivf

त्यसै दिन राति १०ः३६ बजे इन्द्रध्वज पतन अर्थात् लिङ्गो ढालिने साइत छ। यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ।

 

प्रकाशित मिति: ०८:१२ बजे, शनिबार, असोज २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्