Kathmandu Press

इन्द्रध्वजको नगर प्रवेश (फोटो फिचर)

काठमाडौ, भदौ २९ : काठमाडौंमा इन्द्रजात्राको शुरुवात गराउने इन्द्रध्वज (यःसिं) नगर प्रवेश गराइएको छ।  मानन्धर संघले भोताहिति देखि हनुमानढोकामा शुभ साइतमा प्रवेश गराइएको हो।...
इन्द्रध्वजको नगर प्रवेश (फोटो फिचर)

काठमाडौ, भदौ २९ : 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ। 

समितिले दिएको साइत अनुसार आज बिहान १०ः३४ बजे भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको गुठी संस्थानले जनाएको छ। यही भदौ २३ गते बुधबार बिहान १०ः ५२ मा वनयात्रा गरी बेलुकी ७ः २७ मा लिङ्गोका लागि रुख काटिएको थियो। 

लिङ्गोलाई असोज २ गते बिहान ६ः ५१ बजेको साइतमा इन्द्रध्वजोत्थान गरिने साइत दिइएको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए। 

इन्द्रध्वजोत्थान गरेपछि असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइने छ। असोज ४ गते माथिल्लो टोल यात्रा गराइने छ। असोज ८ गते नानिचा यात्रा गरिने छ। त्यसै दिन राति १०ः ३६ बजे इन्द्रध्वज पातन अर्थात् लिङ्गो ढालिने छ । करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिने छ। 

कोरोना महामारीका कारण गत वर्ष पूजा आराधनामात्र गरेर यात्रा स्थगित गरिएको थियो। यस वर्ष सरोकार भएका निकायको बैठकले स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम् उपस्थिति गराएर जात्रा गर्न लागिएको संस्थान काठमाडौं कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए।

जात्राको तयारीस्वरुप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ मर्मत शुरु गरिएको छ। तीनै वटा रथ शुरु गरिने इन्द्रजात्राको मुख्य दिन असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर दरबार क्षेत्रमा आउने कार्यक्रम तय गरिएको संस्थानले जनाएको छ।

प्रकाशित मिति: १६:१८ बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्