दीप्याखं अर्थात् देवी नाचको अभ्यास (फोटो फिचर)

काठमाडौं, भदाै २७ : काठमाडौंको नेवार समुदाय अन्तरर्गतको आदीवासी ज्यापु जाती परम्परागत ३२ टोलहरुमा फैलिएको छ। किलागल टोल त्यसमध्ये एक हो। यस टोलबाट प्रत्यक वर्ष स्थानिय कुमारी जात्रा, सेतो हात्ती (पुलुकिसी नाच), गुरुमापालय भोजन गराउने, खड्ग जात्रा आदि सम्पन्न हुने गर्छ।
त्यसमध्ये पनि मत्वपूर्ण नाच हो, दीप्याखं अर्थात देवी नाच। यसलाई दैत्य प्याखं पनि भन्ने गरिन्छ। दिप्याखं भदौको काय अष्टमीका दिन राति किलागल टोलमा नाच देखाएपछि सुरु हुन्छ । दीप्याखंका आफ्नै डबली छन्, जसको पछाडि सत्तल हुन्छन् । निश्चित डबलीमा बाहेक अन्यत्र यो नाच मञ्चन गर्न नहुने मान्यता छ ।

नासपुजा गरी हरितालिका तिजको रातिदेखि ५ दिनसम्म (साँझ साढे दुई घण्टा) गुठीघरको आँगनमा ख्वापा (मुकुण्डो) मात्र लगाइ दीप्याखंको अभ्यास हुने गरेको छ। नासपुजा (मुख्य देवताको पुजा) ञंलाथ्व नवमीका दिन बिहान करिब ५ बजे किलागलको डबलीमा पोषाक र मुकुण्डो सहित उक्त नाचको प्रस्तुती दिइन्छ।
दिप्याखंमा सात देवीदेवता र दैत्यको भेषमा नर्तकी नाच्छन्। कुमारी, भैरव, चण्डी, दैत्यराज, कवः, बेताः र ख्याःको भेषमा नर्तकी नाच्ने गरेका हुन्छन्। यो नाचमा बलि चढाउने तथा वध गर्ने चलन छैन। यस्तै उक्त नाचको मुख्य आकर्षण पोषाक मात्र नभई भैरवले प्रत्येक १० वर्षमा बाघको छाला ओढ्नु समेत रहेको ‘देवीनाच एक परिचय’ नामक किताबमा उल्लेख गरिएको छ।

उक्त किताबमा उल्लेख गरिए अनुसार, नाचमा सात थरी बाजा, सात थरी ताल, सातै थरी तालमुद्रा तथा आसनको प्रयोग गरिन्छ। देशमा शान्ति अमनचयन र रोगव्याधि नलागोस् भनेर नाच मञ्चन गर्ने गरिएको हो। यस नाचका गुरु पनि सातजना हुन्छन्। सबैका लागि छुट्टाछुट्टै जिम्मेवारी दिइएको हुन्छ। त्यसले नाचलाई व्यवस्थित गर्न सहयोग पुग्छ।
यस्तै लिंगो उठाएर इन्द्रजात्रा सुरु गरिने पहिलो दिन हनुमानढोकामा कायश्वर महादेव मन्दिरअगाडि यो नाच देखाइन्छ। यसलाई इन्द्रजात्रामा कुमारीको रथ जुन ठाउँबाट तानिन्छ। उक्त बाटोमा रहेका डबलीमा पनि मञ्चन गर्ने चलन छ।

इन्द्रजात्रामा रथ क्वनेयाः काठमाडौंको तल्लो भेग तर्फ अघि बढ्दा जैसीदेवल डबलीमा नचाइन्छ भने थनेयाः काठमाडौंको माथिल्लो भेगतर्फ अघि बढ्दा बांगेमुढा र इन्द्रचोक डबलीमा देखाइन्छ। इन्द्रजात्राको अन्तिम दिन अर्थात नानिचायाःमा भने किलागल टोलको डबलीमा देखाएर नाच विसर्जन गरिन्छ।



















-(86)-1764936079.jpg)