Kathmandu Press

गणेश चौथी : मरु र कमलादी गणेशथानमा भक्तजनको घुइँचो (फोटो फिचर)

काठमाडौं, भदौ २५ : आज भाद्र शुक्ल चतुर्थी अर्थात् गणेश चौथी। यसलाई नेपाल भाषामा चथाः पनि भनिन्छ।यस तिथिलाई भगवान् गणेशको जन्मदिनका रूपमा लिइन्छ।...
गणेश चौथी : मरु र कमलादी गणेशथानमा भक्तजनको घुइँचो (फोटो फिचर)

काठमाडौं, भदौ २५ : आज भाद्र शुक्ल चतुर्थी अर्थात् गणेश चौथी। यसलाई नेपाल भाषामा चथाः पनि भनिन्छ।

यस तिथिलाई भगवान् गणेशको जन्मदिनका रूपमा लिइन्छ। यस दिन बिहानैदेखि नजिकका गणेश मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। गणेशलाई मन पर्ने लड्डुसहित अन्य विभिन्न सामग्री चढाएर पूजाअर्चना गर्ने परम्परा रहिआएको छ।

आजको दिनमा भगवान गणेशको पूजा गर्दा मनोकामना पूर्ण हुने जनविश्वाससमेत रहेको पाइन्छ। 

Hardik ivf

गणेश चौथीका अवसरमा काठमाडौंका अशोक बिनायक (मरु गणेश) र कमलादी गणेश गणेशथानमा भक्तजनको घुॅइचो लागेको छ।

ती मन्दिरमा बिहानदेखि पूजाआजा भइरहेको छ। खासगरी नेवार समुदायको मानिसहरूले यी मन्दिरमा उपस्थित भएर पूजा गर्ने गर्दछन्।

यी मन्दिरअगाडि नेवार समुदायमा प्रचलित भोजन समय् बजी बनाएर आकर्षक ढंगले सजाइएको पनि देख्न सकिन्छ। सुरुमा गणेशलाई चढाएर त्यसपछि प्रसादका रूपमा समय् बजी ग्रहण गर्ने गरिन्छ। 

प्रकाशित मिति: १५:४४ बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्