Kathmandu Press

क्षमा पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर (फोटो फिचर)

क्षमापूजापछि पशुपतिनाथ मन्दिर शुक्रबारदेखि भक्तजनका लागि खुला गरिएको छ ।
क्षमा पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर (फोटो फिचर)

काठमाडौं, भदौ २५ : क्षमापूजापछि पशुपतिनाथ मन्दिर शुक्रबारदेखि भक्तजनका लागि खुला गरिएको छ ।

कोरोना प्रसार हुन नदिन सरकारले निषेधाज्ञा लागू गरेपछि मन्दिरमा भक्तजनका लागि प्रवेश निषेध गरिएको थियो । त्यसको साढे चार महिनापछि शुक्रबार बिहान ५ः३० बजेदेखि खुला गरिएको हो ।

१० वैशाखदेखि पशुपतिनाथ दर्शनमा भक्तजन प्रवेश गर्न पाएका थिएनन् । खुला भएपछि पनि मन्दिर प्रवेशमा मास्क र भौतिक दूरी अनिवार्य गरिएको छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

Hardik ivf

एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्कोबाट निस्कने व्यवस्था कोषले मिलाएको छ।  विशेष पूजा भने शुक्रबारदेखि खुला नगरिने कोषले जनाएको छ ।

११ चैत ०७६ मा कोरोना प्रसार रोक्न सरकारले देशव्यापी लकडाउन लागू गरेपछि करिब नौ महिना पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । १ पुस ०७७ देखि बिहान ६ देखि दिउँसो १ बजेसम्म खुला गरिएको थियो । यस्तै, २५ फागुनदेखि विशेष पूजा पनि खुला गरिएको थियो ।

प्रकाशित मिति: १२:३२ बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्