Kathmandu Press

पशुपतिनाथ परिसरमा तीजको रौनक (फोटो फिचर)

हरितालिका तीजमा हिन्दु महिलाहरू विवाहित भए पतिको सुस्वास्थ्य र दीर्घायु तथा असल सन्तानको कामना गर्दै र अविवाहित भए असल र सुयोग्य वर प्राप्तिको कामना गर्दै निराहार व्रत बस्ने गर्दछन्।
पशुपतिनाथ परिसरमा तीजको रौनक (फोटो फिचर)

काठमाडौं, भदौ २४ : आज भाद्र शुक्ल तृतीया अर्थात् हिन्दु महिलाहरूको विशेष पर्व हरितालिका तीज। यस पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शिवालयहरूमा व्रतालुको भिड लागेको छ। पशुपतिनाथको मन्दिरमा पनि भक्तजनको  बाक्लो उपस्थिति देख्न सकिन्छ।

हरितालिका तीजमा हिन्दु महिलाहरू विवाहित भए पतिको सुस्वास्थ्य र दीर्घायु तथा असल सन्तानको कामना गर्दै र अविवाहित भए असल र सुयोग्य वर प्राप्तिको कामना गर्दै निराहार व्रत बस्ने गर्दछन्। व्रत बस्दा गाह्रो नहोस् भनेर अघिल्लो दिन दरका रूपमा मीठा र तागतिला खानेकुराहरू खाने प्रचलन पनि छ।

बिहानै उठेर नुहाइधुवाइ गरेर सौभाग्यको प्रतीक रातो पहिरनमा सजिएर शिवालयमा जम्मा भएका महिलाहरू शिवको पूजापाठसँगै नाचगानसमेत गर्छन्। धेरैजसो महिला रातो पहिरनमा हुने भएकाले मन्दिर परिसर नै राताम्मे हुने गर्छ। पशुपतिनाथ मन्दिर परिसरमा पनि त्यस्तै दृश्य देख्न सकिन्छ।

Hardik ivf

कोरोना संक्रमणका कारण पशुपतिनाथको मूल मन्दिर खुलाइएको छैन। तथापि पशुपति क्षेत्रमा रहेका अन्य शिवलिङ्गमा पूजा आराधनाका लागि भक्तजन भेला भएका छन् तर कोरोना भित्रिनुभन्दा अघिका वर्षहरूमा जस्तो अनियन्त्रित भिड भने छैन।  

सरकारले सार्वजनिक स्थलमा भिडभाड नगर्न, मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गर्न बारम्बार आग्रह गरे पनि धेरैजसोले त्यसको पालना गरेको देखिन्न। भौतिक दूरी त परको कुरा मास्क प्रयोगलाई समेत बेवास्ता गरिएको दृश्य पशुपतिमा देखिन्थ्यो।

 

प्रकाशित मिति: १४:४२ बजे, बिहीबार, भदौ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्