Kathmandu Press

मातृका आँखा अस्पतालमा फेला परेको शंकास्पद वस्तु नक्कली बम (अपडेट)

काठमाडौं सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेपछि सेनाको बम डिस्पोजल टोली बोलाइएको छ।
मातृका आँखा अस्पतालमा फेला परेको शंकास्पद वस्तु नक्कली बम (अपडेट)

काठमाडौं, भदौ २४ :  काठमाडौं सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेपछि सेनाको बम डिस्पोजल टोली बोलाइएको छ ।

प्रहरीका अनुसार अस्पतालको तेस्रो तलामा टाइमरजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।

सेनाको बम डिस्पोजल टोलीले घटनास्थल नियन्त्रणमा लिएर शंकास्पद वस्तु निष्क्रिय बनाउन थालेको छ ।

उक्त वस्तु नक्कली बम (होक्स) रहेको सेनाले पुष्टि गरेको छ । प्रहरीले उक्त वस्तु राखेको शंकामा दुईजनालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: १२:१९ बजे, बिहीबार, भदौ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्