मातृका आँखा अस्पतालमा फेला परेको शंकास्पद वस्तु नक्कली बम (अपडेट)
काठमाडौं सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेपछि सेनाको बम डिस्पोजल टोली बोलाइएको छ।
काठमाडौं, भदौ २४ : काठमाडौं सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेपछि सेनाको बम डिस्पोजल टोली बोलाइएको छ ।
प्रहरीका अनुसार अस्पतालको तेस्रो तलामा टाइमरजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।
सेनाको बम डिस्पोजल टोलीले घटनास्थल नियन्त्रणमा लिएर शंकास्पद वस्तु निष्क्रिय बनाउन थालेको छ ।
उक्त वस्तु नक्कली बम (होक्स) रहेको सेनाले पुष्टि गरेको छ । प्रहरीले उक्त वस्तु राखेको शंकामा दुईजनालाई नियन्त्रणमा लिएको छ ।







प्रकाशित मिति: १२:१९ बजे, बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)