Kathmandu Press

नेपालसँगको मैत्रीपूर्ण खेलअघि भारतीय टिमको अन्तिम तयारी (फोटो फिचर)

भारतीय टिमले मंगलबार र बुधबार आर्मी अफिसर्स क्लबमा अभ्यास गरेको छ। नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल बिहीबार (भोलि) र आइतबार हुनेछ।
नेपालसँगको मैत्रीपूर्ण खेलअघि भारतीय टिमको अन्तिम तयारी (फोटो फिचर)

काठमाडाैं, भदाै १६ : भारतीय फुटबल टिम यतिखेर नेपालमा छ। साफ च्याम्पियनसिपको तयारीका लागि नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्न भारतीय टिम सोमबार नेपाल आइपुगेको हो। सुनिल क्षेत्रीको कप्तानीमा २५ सदस्यीय टिम नेपालमा छ। 

भारतीय टिमले मंगलबार र बुधबार आर्मी अफिसर्स क्लबमा अभ्यास गरेको छ। नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल बिहीबार (भोलि) र आइतबार हुनेछ।

दुवै खेल साँझ साढे ५ः३० बजे दशरथ रंगशालामा हुनेछ। पहिलो मैत्रीपूर्ण खेलअघि भारतीय बुधबार साँझ अन्तिम तयारी गरेको छ। भारतीयको अन्तिम तयारी काठमाडौं प्रेसका फोटो पत्रकार सुजल बज्रचार्यले क्यामरामा कैद गरेका छन्ः

प्रकाशित मिति: १९:५९ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्