Kathmandu Press

पाल्पामा मनाइयो दुई सय वर्ष पुरानो भगवती जात्रा (फोटो फिचर)

पाल्पा, भदौ १५ : पाल्पामा विसं १८७७ देखि मनाइन थालेको हो, भगवती जात्रा । यो जात्रामा तानसेनस्थित रणउजीरेश्वरी भगवतीको मूर्तिलाई खटमा राखेर बजार परिक्रमा...
पाल्पामा मनाइयो दुई सय वर्ष पुरानो भगवती जात्रा (फोटो फिचर)

पाल्पा, भदौ १५ : पाल्पामा विसं १८७७ देखि मनाइन थालेको हो, भगवती जात्रा । यो जात्रामा तानसेनस्थित रणउजीरेश्वरी भगवतीको मूर्तिलाई खटमा राखेर बजार परिक्रमा गराइन्छ ।

नेपाल–अंग्रेज युद्धको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन तानसेनमा भगवतीको मूर्तिलाई खटमा राखेर सिन्दुर जात्रा गरिँदै आएको छ । तर, कोरोना महामारीका कारण गत वर्ष र यस वर्ष बजार परिक्रमा गराइएन । 

यस वर्ष भगवतीको मन्दिरबाट नेपाली सेनाको निशान मन्दिरसम्म पुगेर पुनः मन्दिर परिक्रमा गराई मूर्तिलाई प्रतिस्थापन गरिएको थियो । तत्कालीन नुवाकोट जीतगढी युद्धमा कर्णेल उजीरसिंह थापाले अंग्रेज फौजमाथि विजय हासिल गरेको सम्झनामा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट रणउजीरेश्वरी भगवतीको रथलाई सिन्दुर जात्रासहित जयजयकार गर्दै बजार परिक्रमा गराउने चलन बसेको हो ।

Hardik ivf

भगवतीको मूर्तिलाई मन्दिर व्यवस्थापन समिति, पूजारी, गोरखदल गणका सेना र प्रहरीले मन्दिरदेखि निशान मन्दिर पु¥याएर भित्रयाइएको हो । विसं १८७१–७२ मा नेपालमा कुमाउ–गडवाल (नाहान), मकवानपुर गढी, कोशी–टिस्टा र बुटवल जीतगढीमा अंग्रेज फौजसँग लडाईं भएको थियो । त्यसमध्ये नेपाली फौजले जीतगढीमा मात्र विजय हासिल गरेको थियो ।

सोही जीतको खुशीयालीमा यो जात्रा सुरु भएको हो । मूर्तिलाई रथमा राखेर नगर परिक्रमा गराउ‘दा स्थानीय बासिन्दाले पूजा गर्छन् । रथको डोरी छुँदै स्थानीयवासीले जयजयकार गर्ने गर्थे । रथयात्रा सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारले तीन वर्ष अघिदेखि पाल्पामा सरकारी विदा दिन थालेको छ ।


 

प्रकाशित मिति: १७:४८ बजे, मंगलबार, भदौ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्