Kathmandu Press

कृष्ण जन्माष्टमी मनाइँदै (फोटो फिचर)

काठमाडौं, भदौ १४ : द्वापर युगमा भगवान् श्रीकृष्णको जन्म भएको दिनको रूपमा सोमबार कृष्ण जन्माष्टमी हिन्दू धर्मावलम्बीले उनको पूजा अर्चना गर्दै मनाउँदै छन् ।कृष्ण...
कृष्ण जन्माष्टमी मनाइँदै (फोटो फिचर)

काठमाडौं, भदौ १४ : द्वापर युगमा भगवान् श्रीकृष्णको जन्म भएको दिनको रूपमा सोमबार कृष्ण जन्माष्टमी हिन्दू धर्मावलम्बीले उनको पूजा अर्चना गर्दै मनाउँदै छन् ।

कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्तीलगायत नाम दिइएको छ । भगवान् विष्णुको आठौँ अवतारका रूपमा हिन्दू धर्मावलम्बीले कृष्णलाई मान्दै आएका छन् ।

कृष्ण जन्माष्टमीमा हिन्दूहरूले भगवान श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धाभक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चांगअनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको जनविश्वास रहिआएको छ ।

Hardik ivf

यस दिनलाई कृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ । जन्माष्टमीका दिन नेपाल र भारतका कृष्ण मन्दिरहरूमा श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन–कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव मात्रको संरक्षण गर्न श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको जनविश्वास पनि छ ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा श्रीकृष्णले बताएका कुरालाई समेटेर तयार पारिएको श्रीमद्भागवत गीतालाई हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ ।

खासगरी, पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार श्रीकृष्णले गरेको धर्मग्रन्थहरूमा उल्लेख छ ।


प्रकाशित मिति: ११:०६ बजे, सोमबार, भदौ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्