नरसिंह जात्राको रौनक (फोटो फिचर)
हरेक वर्ष भाद्र कृष्ण पञ्चमीमा देव ब्राह्मण समुदायले पाटनमा यो जात्रा आयोजा गर्छन् । यस दिन विष्णु भगवानको नरसिंह अवतारको पूजा अर्चना गर्दा प्राकृतिक विपत्ति, रोगव्याधी, भूकम्पलगायत प्रकोपबाट मुक्ति मिल्ने जनविश्वास छ ।
काठमाडौं, भदौ ११ : काठमाडौं उपत्यकाकै पुरानोमध्येको हो, नरसिंह जात्रा ।
हरेक वर्ष भाद्र कृष्ण पञ्चमीमा देव ब्राह्मण समुदायले पाटनमा यो जात्रा आयोजा गर्छन् । यस दिन विष्णु भगवानको नरसिंह अवतारको पूजा अर्चना गर्दा प्राकृतिक विपत्ति, रोगव्याधी, भूकम्पलगायत प्रकोपबाट मुक्ति मिल्ने जनविश्वास छ ।
यस वर्ष ललितपुर–२० गाबहालका ७९ वर्षीय कोमलेशानन्द राजोपाध्यायको घरबाट नरसिंह जात्रा निकालिएको थियो । ललितपुर–२० गाबहाल, १६ मंगलबजार र १९ पूर्णचण्डीमा बसोबास गर्ने राजोपाध्याय परिवारका एक सय २० घरबाट ज्येष्ठताका आधारमा जात्रा निकाल्ने परम्परा छ ।
_copy_1200x800.jpg)





प्रकाशित मिति: १७:४८ बजे, शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)