Kathmandu Press

यस्तो देखियो निर्वाचन आयोगमा दल सनाखतकाे दृश्य

एकीकृत समाजवादीका लागि २९ सांसद र ५४ केन्द्रीय सदस्य तथा लोकतान्त्रिक समाजवादीमा १४ सांसद र १७ केन्द्रीय कार्यकारिणी सदस्यले सनाखत गरेका थिए।
यस्तो देखियो निर्वाचन आयोगमा दल सनाखतकाे दृश्य

काठमाडौं, भदौ ९ : प्रायः सुनसान रहने निर्वाचन आयोगको परिसर कहिलेकाहीँ भने कुनै पनि दलका नेताकार्यकर्ताको उपस्थितिका कारण भिडभाडले भरिन्छ।

आज (बुधबार) त्यस्तै दृश्य आयोग परिसरमा देखियो। यहाँ आज पूर्वएमाले र पूर्वजसपाका नेताकार्यकर्ताको बाक्लो उपस्थिति रह्यो।

आयाेगले एमालेबाट विभाजित भएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जसपाबाट विभाजित भएर बनेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूलाई सनाखतका लागि बोलाएको थियो।    

बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मका लागि सनाखतको समय तोकिएको थियो। नेताहरु अनुकूल समय मिलाएर आयोग आएका थिए।

नेकपा (एकीकृत समाजवादी) का माधवकुमार नेपाल, मेटमणि चौधरी, रामकुमारी झाँक्री, शत्रुधन महतो, विरोध खतिवडालगायत नेताकार्यकर्ताहरूका साथमा निर्वाचन आयोग गएर पार्टी दर्ताका लागि सनाखत गरे।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेता पनि कार्यकर्तासहित आयोग पुगेका नेताहरुले पनि पार्टी दर्ताका लागि सनाखत गरे।

एकीकृत समाजवादीका लागि २९ सांसद र ५४ केन्द्रीय सदस्य तथा लोकतान्त्रिक समाजवादीमा १४ सांसद र १७ केन्द्रीय कार्यकारिणी सदस्यले सनाखत गरेका थिए।

           

प्रकाशित मिति: १५:०४ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्