Kathmandu Press

जात्रापछि वसन्तपुर सरसफाइमा उत्रिए संघसंस्था (फोटो फिचर)

काठमाडौं, भदौ ७ : आज (सोमबार) काठमाडौंको वसन्तपुर क्षेत्र आज गाईजात्रा पर्वका कारण रौनकमय बन्यो। खासगरी नेवार समुदायका मानिसहरूले दिवंगत आफन्तहरूको सम्झनामा यो...
जात्रापछि वसन्तपुर सरसफाइमा उत्रिए संघसंस्था (फोटो फिचर)

काठमाडौं, भदौ ७ : आज (सोमबार) काठमाडौंको वसन्तपुर क्षेत्र आज गाईजात्रा पर्वका कारण रौनकमय बन्यो। खासगरी नेवार समुदायका मानिसहरूले दिवंगत आफन्तहरूको सम्झनामा यो पर्व मनाउने चलन छ। सोही चलनअनुसार आज वसन्तपुर क्षेत्रमा बालबालिकालाई गाईको प्रतीकका रूपमा सिँगारेर बाजागाजासहित नगर परिक्रमा गराइएको थियो।

बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर सरकारले गाईजात्रालगायत अन्य पर्व जनस्वास्थ्यका मापदण्ड अपनाएर, भिडभाड नगरी सांकेतिक रूपमा मात्र मनाउन आग्रह गरेको थियो। सोही आग्रहबमोजिम गाईजात्रामा सहभागी हुनेहरूलाई भिडभाड गर्न नदिन, मास्क अनिवार्य गराउन प्रहरी परिचालन गरिएको थियो। प्रायः बिहानपख जात्रा निकाल्ने चलन छ। यसपालि अपराह्न १ बजेतिर जात्रा सम्पन्न भइसकेको थियो।

जात्रा चलिरहँदा प्रहरीले ‘तपाईंको मास्क खोई’ कार्यक्रम सञ्चालन गरेको थियो। जात्रामा मास्कबिना उपस्थित हुनेहरूलाई प्रहरीले मास्क वितरण गर्नुका साथै मास्कको महत्वबारे प्रकाश पार्दै कोरोना संक्रमणबाट जोगिनुपर्ने भन्दै जात्रामा उपस्थित हुनेहरुलाई सचेत गराइएको थियो।  

Hardik ivf

जात्रा सकिएपछि वसन्तपुर परिसरमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो। उक्त कार्यक्रममा महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरी नायब उपरिक्षक दिलबहादुर मल्ल, नेपाली सेना सरदुल जंग गुल्मका मेजर असीम श्रेष्ठ, सशस्त्र प्रहरी बल २४ नम्बर गुल्मका प्रहरी निरीक्षक प्रदीप पौडेल, ट्राफिक महाशाखाका प्रहरी निरीक्षक सीताराम विष्ट सहभागी थिए।

त्यस्तै सरसफाइ कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका असई पदमप्रसाद भट्टराई, नेपाल स्काउट काठमाडौं जिल्ला संगठन आयोगका प्रतिनिधि रञ्जनलाल श्रेष्ठ, लकसः म्हालासाला पुचः का अध्यक्ष गणपतिलाल श्रेष्ठ, काठमाडौं महानगरपालिका वसन्तपुर प्रतिनिधि रोशन शाक्यलगायतको सहभागिता थियो।

प्रकाशित मिति: १७:३० बजे, सोमबार, भदौ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्