Kathmandu Press

काठमाडौंको मरुटोलमा गाईजात्राका सामग्री बिक्री गरिँदै (फोटो फिचर)

काठमाडौं, भदौ ६ : हरेक वर्ष भाद्र कृष्णपक्ष प्रतिपदाका दिन काठमाडौं उपत्यकामा खासगरी नेवार समुदायमा गाईजात्रा पर्व मनाउने गरिन्छ। नेवार समुदायले  यो पर्वलाई...
काठमाडौंको मरुटोलमा गाईजात्राका सामग्री बिक्री गरिँदै (फोटो फिचर)

काठमाडौं, भदौ ६ : हरेक वर्ष भाद्र कृष्णपक्ष प्रतिपदाका दिन काठमाडौं उपत्यकामा खासगरी नेवार समुदायमा गाईजात्रा पर्व मनाउने गरिन्छ। नेवार समुदायले  यो पर्वलाई ‘सापारु’ पनि भन्ने गर्छन्।

गुंला पर्व सुुरु भएको ठीक दुई सातासपछि गाईजात्रा मनाइन्छ। यसपालिको गाईजात्रा भदौ ७ गते सोमबार परेको छ। 

दिवंगत आफन्तका नाममा गाईजात्रा निकाल्ने परम्परा छ। यस पर्वमा गाई नै लिएर वा बालकबालिकालाई गाईको प्रतीकका रूपमा सिँगारेर बाजागाजासहित सहर डुलाइन्छ। त्यसक्रममा टोलटोलमा भेला भएकाहरुले उनीहरूको पूजा गर्ने र दान दिने परम्परा अहिलेसम्म कायमै छ।

Hardik ivf

गाईजात्राको अघिल्लो दिन आइतबार काठमाडौंको मरुटोलमा बालिबालिकालाई गाईको प्रतीकका रूपमा सिँगार्न आवश्यक पर्ने सामग्री बिक्रीका लागि राखिएका छन्।

गाईको प्रतीक बनाउन न्येकुं, ध्वँया, पिलंचा, विभूति, साख्वा, गाईको मुख भएको फोटो, गणेशको तस्बिर, धुपलगायत सामग्री आवश्यक हुन्छ।

कोरोना संक्रमणका कारण प्रशासनले पनि सांकेतिक रुपमा मात्रै गाईजात्रा मनाउनू भनेकाले त्यस्ता सामग्री किन्नेहरुको संख्या भने कम देखिन्छ।

प्रकाशित मिति: १४:४५ बजे, आइतबार, भदौ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्