Kathmandu Press

धुमधामसँग मनाइँदै जनै पूर्णिमा (तस्वीरहरू)

काठमाडाैं भदाै ६ : आज देशभर जनै पूर्णिमा तथा रक्षावन्धन,पर्व धुमधामसँग मनाइँदै छ।बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर...
धुमधामसँग मनाइँदै जनै पूर्णिमा (तस्वीरहरू)
तस्वीरहरू : सुजल बज्राचार्य

काठमाडाैं भदाै ६ : आज देशभर जनै पूर्णिमा तथा रक्षावन्धन पर्व धुमधामसँग मनाइँदै छ।

बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, बिचलित नहोउ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ।

Hardik ivf

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षावन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए।

रक्षाबन्धन बाध्न बिहानैदेखि काठमाडौंका कुम्भेश्वर महादेव,बगलामुखीलगायतका मन्दिरमा भक्तजनको घुइचो लागेको छ।

 

प्रकाशित मिति: ०८:५५ बजे, आइतबार, भदौ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्