Kathmandu Press

विज्ञ भन्छन्- लकडाउनले मात्रै तेस्रो लहरबाट जोगाउँदैन

लकडाउनले मात्रै कोरोना भाइरसको तेस्रो लहरबाट जोगाउन नसक्ने जनस्वास्थ्य विज्ञहरुले बताएका छन्।
विज्ञ भन्छन्- लकडाउनले मात्रै तेस्रो लहरबाट जोगाउँदैन

काठमाडौं, भदौ ६ : लकडाउनले मात्रै कोरोना भाइरसको तेस्रो लहरबाट जोगाउन नसक्ने जनस्वास्थ्य विज्ञहरुले बताएका छन्।

कोरोनाको तेस्रो लहरको सम्भावना रहेको जनाउँदै कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले ‘कोभिड-१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८’ सार्वजनिक गरिसकेको छ।

उक्त कार्यविधिअनुसार, लकडाउनलाई हार्ड, मिक्स, सफ्ट र मिनिमल लकडाउन गरी ४ भागमा विभाजन गरिएको छ। लकडाउन जारी गर्दा यदि संक्रमितको संख्या १५ प्रतिशतभन्दा कम भए मिनिमल लकडाउन गर्ने, १६ देखि ३० प्रतिशत भए सफ्ट, ३१ देखि ६५ प्रतिशत संक्रमित भए मिक्स र ६५ प्रतिशत माथि भए कडा लकडाउन गर्ने कार्यविधिमा उल्लेख छ।

Hardik ivf

तर, विज्ञहरू भने आफ्नो व्यवहारमा परिवर्तन ल्याउन सके लकडाउनको आवश्यकता नभएको बताउँदै आएका छन्। केही विज्ञहरू भने सर्वसाधारण पहिलाकै लकडाउनका कारण आर्थिक संकट भोगिरहेको हुँदा पुनः कडा लकडाउन गर्दा उनीहरूको दैनिकीमा प्रत्यक्ष असर पार्ने बताउँदै आएका छन्।

संक्रमक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार गत पाँच हफ्तामा कोरोना संक्रमितको संख्यामा क्रमश उकालो लाग्दै गएको छ र अस्पतालमा पनि विरामीको चाप बढ्न थालेको छ।

कतिपय विरामीहरू कोरोनाको पजिटिभ रिपोट आउने डरले परीक्षण गर्न समेत नआएको उनी बताउँछन्। जनचेतना फैलाउन नसकेसम्म यो समस्याको सामाधान नहुने उनको भनाइ छ।

‘अहिले दोस्रो लहरको तुलनामा बिरामीहरू ह्वात्तै बढेको अवस्था छैन। तर, मानिसको चेतनाको अभावमा लकडाउन हुँदा संक्रमित कम हुने र खोल्ने वित्तिकै फेरि संक्रमित बढ्ने क्रम देखिएको हो,’ उनले भने ‘सम्बन्धित निकायले लकडाउन मात्र गर्ने हो वा मानिसलाई पनि राम्रोसँग बुझाउने हो भन्ने कुरामा भर पर्छ।’

मानिसको बेवास्ताका कारण कोरोनाका तेस्रो लहर आउने सम्भावना बढेको डा.पुन बताउँछन्। भुटान सरकारले त्यहाँका जनतामा खोप प्रतिको विश्वास जगाएकै कारण खोप अभियान प्रभावकारी भएको उनले उल्लेख गरे।

त्यसैलाई उदाहरणको रुपमा लिएर नेपाल सरकारले पनि जनतालाई यस विषयमा विस्वस्त बनाउन सके तेस्रो लहर आउनबाट जोगिन सकिने उनको भनाइ छ। ‘लकडाउन खुल्ने वितिक्कै किन संक्रमित बढ्छ भन्ने समीक्षा नगरेसम्म यो निरन्तर रहन्छ,’ उनले भने।

एक साताको संक्रमणको अवस्था :

 

प्रकाशित मिति: ०८:०९ बजे, आइतबार, भदौ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्