Kathmandu Press

भदौरे गर्मी छल्न गुइतः पुखुमा पौडी (फोटो फिचर)

गर्मीबाट आजित भएका बालबालिका बिहीबार मध्याह्न ललितपुर पाटनको सुन्धारास्थित गुइतः पुखुमा पौडी खेल्दै रमाइरहेका थिए ।
भदौरे गर्मी छल्न गुइतः पुखुमा पौडी (फोटो फिचर)

काठमाडौं, भदौ ५ : गत बिहीबार मध्याह्न काठमाडौं उपत्यकामा चर्को गर्मी थियो । नहोस् पनि किन, ‘भदौरे घाम’ जनजिब्रोमै झुन्डिएको छ । अर्थात्, वर्षका अन्य महिनाभन्दा भदौमा लाग्ने चर्को घामले आलसतालस बनाउने गर्छ ।

गर्मीबाट आजित भएका बालबालिका बिहीबार मध्याह्न ललितपुर पाटनको सुन्धारास्थित गुइतः पुखुमा पौडी खेल्दै रमाइरहेका थिए ।

प्राचीन कालका राजा सर्वानन्दले यो पोखरी निर्माण गराएको जनविश्वास छ । त्यसैले यो पोखरीलाई पनि उपत्यकाको सबैभन्दा प्राचीन पोखरीमध्ये एक मानिन्छ ।

Hardik ivf

प्रकाशित मिति: ११:३२ बजे, शनिबार, भदौ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्