Kathmandu Press

पाल्पाका इस्लाम धर्मावलम्बीहरुमा मोहर्रम पर्वको उत्साह (फोटोफिचर)

काठमाडौं, भदौं ४ : ईस्लामिक पात्र अनुसारको पहिलो महिना मुहर्रमको (हज्ज) शुभारम्भको अवसरमा इस्लामी धर्मावलम्बीहरुमा उत्साह छाएको छ ।मुस्लिम धर्मावलम्बीले मोहर्रम पर्व हर्षोल्लासपूर्वक...
पाल्पाका इस्लाम धर्मावलम्बीहरुमा मोहर्रम पर्वको उत्साह (फोटोफिचर)

काठमाडौं, भदौं ४ : ईस्लामिक पात्र अनुसारको पहिलो महिना मुहर्रमको (हज्ज) शुभारम्भको अवसरमा इस्लामी धर्मावलम्बीहरुमा उत्साह छाएको छ ।

मुस्लिम धर्मावलम्बीले मोहर्रम पर्व हर्षोल्लासपूर्वक आजदेखि मनाउन सुरुवात गरेका छन्  । यसै अवसरमा यो धर्म मान्ने पाल्पाका स्थानीयहरुले हर्षोउल्लासमा साथ सुरुवात गरेका छन् । इस्लामी नयाँ वर्ष १४४३ हिजरीको सुरुआतसँगै तामझामका साथ मनाइने सो पर्व दश दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।

यसवर्ष पर्व अन्तर्गत निकालिने सम्पूर्ण जुलुसको कार्यक्रम स्थगित गरिएको छ । ती समुदायले आ–आफ्नो घर अगाडि सजाएको ताजिया सेलाउन कर्बला जाँदा भीड जम्मा नहुने गरी आलोपालो मिलाउन आग्रह गरिएको छ ।

Hardik ivf

यस महिना हजरत हसन र हजरत हुसैनले सत्यका लागि आफ्नो सम्पूर्ण परिवारसहित बलिदानी दिएकाले यसैका स्मरणमा सो पर्व मनाउने गरिएको हो।

प्रकाशित मिति: १९:४५ बजे, शुक्रबार, भदौ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्