Kathmandu Press

कक्षा ११ र १२ का विद्यार्थीलाई धमाधम कोभिड खोप (फोटो फिचर)

काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ।
कक्षा ११ र १२ का विद्यार्थीलाई धमाधम कोभिड खोप (फोटो फिचर)

काठमाडौं, भदौ ४ : काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ।

महानगरपालिकाले १८ वर्ष पुगेका विद्यार्थीलाई खोप दिन थालेको हो । उनीहरूलाई भेरोसेलको पहिलो डोज दिइँदैछ ।

विद्यार्थी परिचयपत्रका आधारमा खोप लगाइँदै छ । यस्तै, विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्रका आधारमा पनि १८ वर्षभन्दा माथिका विद्यार्थीलाई खोप लगाइँदै छ ।

आजदेखि ८ भदौसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । बिहान १० देखि साँझ ५ बजेसम्म खोप लगाइने छ।

सामाखुशीको राधास्वामी आइसोलेसन सेन्टर, बलम्बुको सशस्त्र प्रहरी बल अस्पताल, रत्नपार्कको वीर अस्पताल, महाराजगञ्जको शिक्षण अस्पताल, बानेश्वरको निजामती कर्मचारी अस्पताल, थापाथलीको परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल, महाराजगञ्जको नेपाल प्रहरी अस्पताल र छाउनीको वीरेन्द्र सैनिक अस्पताललाई खोप केन्द्र तोकिएको छ ।

प्रकाशित मिति: १३:०५ बजे, शुक्रबार, भदौ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्