Kathmandu Press

साउनको अन्तिम सोमबार : कोरोना कहरबीच पशुपतिमा भक्तजनको भिड (फाेटाे फिचर)

साउने सोमबार हिन्दु धर्मावलम्बीका लागि विशेष महत्वको दिन हो। वैदिक सनातन धर्मावलम्बीहरू साउनको पहिलो सोमबारदेखि महादेवको पूजा आराधनासहित व्रत सुरु गरेको हुन्छन्।
साउनको अन्तिम सोमबार : कोरोना कहरबीच पशुपतिमा भक्तजनको भिड (फाेटाे फिचर)

काठमाडाैं, साउन ३२ : आज यो वर्ष साउनको अन्तिम दिन। साउनको अन्तिम सोमबार पनि। साउने सोमबार हिन्दु धर्मावलम्बीका लागि विशेष महत्वको दिन हो। वैदिक सनातन धर्मावलम्बीहरू साउनको पहिलो सोमबारदेखि महादेवको पूजा आराधनासहित व्रत सुरु गरेको हुन्छन्।

साउन महिना र त्यसभित्र पर्ने सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख छ। साउनमा जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने र पारिवारिक सुख शान्ति मिल्ने भएकाले सनातन धर्मावलम्बीले व्रत, तथा पूजा पाठ गर्ने गर्दछन्।

त्यही व्रत अन्तिम सोमबार विधिपूर्वक गोदान र पूर्णपात्र गरी समापन गर्ने गरिन्छ। यसकारण आज पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको घुइँचो लागेको छ। कोरोना कहरका बीच व्रत समापन गर्ने र पशुपतिनाथको दर्शन गर्नेहरूको उपस्थितिले पशुपतिनाथ रौनकमय बनेको थियो।

ती दृश्य क्यामेरामा यसरी कैद गरिएका छन्ः

 

प्रकाशित मिति: १४:५७ बजे, सोमबार, साउन ३२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्