Kathmandu Press

धान गोड्ने चटारो (फोटो फिचर)

देशका सहरी क्षेत्र नजिकका खेतमा आजकल धान गोड्ने मेसिन पनि प्रयोग गर्न थालिएको छ । तर, दूरदराजका किसानले कृषि यान्त्रीकरणको यो प्रविधि प्राप्त गर्न सकेका छैनन् । त्यसैले हातैले धान गोड्ने परम्परागत शैलीमै रमाएका छन्, उनीहरू ।
धान गोड्ने चटारो (फोटो फिचर)

पाल्पा, साउन ३१ : अहिले देशभरका किसान खेतमा छन् । रोपाईं सकिएको लामो समयपछि किसान खेतमा पस्नुको कारण हो, धानका गाँजबीचमा उम्रिने झार उखेलेर फाल्ने ।

त्यसैलाई किसानको भाषामा धान गोड्ने भनिन्छ । हालैको एक मध्याह्न पाल्पाको अन्नभन्डार भनेर चिनिने माडी फाँटमा खेत गोड्न व्यस्त भेटिए, स्थानीय किसानहरू ।

देशका सहरी क्षेत्र नजिकका खेतमा आजकल धान गोड्ने मेसिन पनि प्रयोग गर्न थालिएको छ । तर, दूरदराजका किसानले कृषि यान्त्रीकरणको यो प्रविधि प्राप्त गर्न सकेका छैनन् । त्यसैले हातैले धान गोड्ने परम्परागत शैलीमै रमाएका छन्, उनीहरू ।

Hardik ivf

यस वर्ष समयमै र पर्याप्त वर्षा भएकाले धानका गाँज सप्रिएका छन् । र, पर्याप्त धान उत्पादन हुने किसानको आशा देखिन्छ ।

 

 

प्रकाशित मिति: १०:३८ बजे, सोमबार, साउन ३२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्