Kathmandu Press

वर्षा रोकिएसँगै तराईमा उद्धार र राहत वितरण सुरू

वीरगंज, असार २९ : चार दिनको लगातार वर्षापछि आज तराई क्षेत्रमा केही सहज भएको छ। बिहानैदेखि वर्षा रोकिएसँगै उद्धार र राहत वितरण गर्न थालिएको छ।

<....
वर्षा रोकिएसँगै तराईमा उद्धार र राहत वितरण सुरू
काठमाडौं प्रेस

वीरगंज, असार २९ : चार दिनको लगातार वर्षापछि आज तराई क्षेत्रमा केही सहज भएको छ। बिहानैदेखि वर्षा रोकिएसँगै उद्धार र राहत वितरण गर्न थालिएको छ।

मौसम सफा भएसँगै सुरक्षा निकायले प्रभावित क्षेत्रहरुमा राहत वितरण तथा क्षति विवरण संकलनको काम गर्न थालेको जनाएको छ।

Hardik ivf

पानी पर्न रोकिएसँगै वीरगञ्ज महानगरपालिकाका डुवानमा परेका क्षेत्रमा सहज भएको छ। डुवान घट्दै गएको स्थानीय बासिन्दाले बताएका छन्।

बाढीको कारण वीरगञ्ज महानगरको मुख्य बजार क्षेत्र आदर्शनगरमा तीन फिटसम्म पानी जम्दा भुइतल्लामा बसोबास गर्नेहरु कोठा र घर छोडेर अन्तै शरण लिएका थिए। सयौं पसलमा पानी पस्दा लाखौँ मूल्य बराबरको समान क्षति भएको छ।

पर्साको ग्रामीण भेगसम्म राहत पु¥याउन र बाढीपीडितलाई ब्यवस्थापन गर्न सहज भएको जिल्ला दैविक उद्धार समितिले जनाएको छ। वर्षाको कारण आएको बाढीमा परेर पर्सामा एक जनाको मृत्यु भएको थियो भने एक जना वेपत्ता छन्।

प्रदेश २ का डिआईजी प्रधुम्न कार्कीले दिएको जानकारी अनुसार पर्साको पर्सागढि नगरपालिकामा एक जना ९ वर्षीय बालक निखिल पटेलको मृत्यु भएको हो।

हिजो बिहान बाढी हेर्न गएका वीरगञ्ज–१८ भवानीपुरक रामनारायण कुर्मीका १३ वर्षीय छोरा अनुज पटेल वेपत्ता भएका छन्। वीरगञ्ज–२४ रामगढवाको कलर्भमा बाढि हेर्न गएको बेला खुटा चिप्लिएर उनी डुबेको प्रत्यक्षदर्शी बताएका छन्।

प्रदेश २ का अन्य जिल्लामा पनि वर्षा कम भएसँगै रातत वितरण सुरु गरिएको जनाएको छ।

प्रकाशित मिति: १४:१० बजे, आइतबार, असार २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्