नागको चित्र बनाउन भ्याइनभ्याइ
काठमाडौं, साउन २७ : हरेक वर्ष नागपञ्चमी श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ। यस दिनमा नागको पूजा गर्ने गरिन्छ।आउने शुक्रबार (साउन २९ गते) यो...काठमाडौं, साउन २७ : हरेक वर्ष नागपञ्चमी श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ। यस दिनमा नागको पूजा गर्ने गरिन्छ।
आउने शुक्रबार (साउन २९ गते) यो वर्षको नाग पञ्चमी पर्व परेको छ। सोही पर्वका लागि बजारमा नागको तस्बिर बेच्न थालिसकिएको छ। सामान्यतया वास्तविक सर्प अगाडि राखेर पूजा गर्नु असम्भव वा जोखिमयुक्त हुने भएकाले चित्र बनाएर पूजा गर्ने प्रचलन निकै पहिलादेखि चलिआएको हो।
काठमाडौंको असननजिकै मासं गल्लीमा पसल खोलेर व्यावसायिक रूपमा चित्र कोर्दै आएका नरेन्द्र चित्रकारले पनि नागको चित्र बनाएर बेच्न थालेको झन्डै पाँच दशक भइसक्यो। तर उनी आफूले बेच्ने चित्र आफैं कोर्छन्। अरुले बनाएको नागको चित्र बेच्नमा उनी रुचि राख्दैनन्।
पुख्र्यौली पेसा नै चित्रकारिता भएकाले १०/१२ वर्षको उमेरदेखि नै चित्र कोर्न थालेको उनी बताउँछन्। नागपञ्चमीको करिब एक साताअघिदेखि उनलाई नागको चित्र कोर्न भ्याइनभ्याइ हुन्छ। चित्रकारितामा पोख्त भइसकेका उनमा नागको चित्र तुरुन्तका तुरुन्तै बनाउन सक्ने खुबी राख्छन्।
उनले हातले कोरेको नागको चित्र ६० रुपैयाँमा र त्यसैलाई मुद्रित गरेर भने ७ रुपैयाँमा बेच्ने गरेका छन्। नाग पञ्चमीभन्दा दुईतीन दिनअगाडि नागको तस्बिर किन्नेको ठुलो भिड लाग्ने गरेको उनी बताउँछन्।