Kathmandu Press

‘तपाईंको मास्क खैै?’ अभियानमा ट्राफिक प्रहरीको सक्रियता प्रशंसनीय (फोटो फिचर)

सरकारले गत शनिबार (साउन २३) देखि २९ गतेसम्मका लागि मास्क अभियान सञ्चालन गरेको छ। सरकारको सोही अभियानलाई सघाउने उद्देश्यअनुरूप ट्राफिक प्रहरीले सडकमा मास्कबिना यात्रा गर्नेहरूलाई सचेत गराउन मंगलबारबाट ‘तपाईंको मास्क खैै?’ अभियान सुरु गरेको हो।
‘तपाईंको मास्क खैै?’ अभियानमा ट्राफिक प्रहरीको सक्रियता प्रशंसनीय (फोटो फिचर)

काठमाडौं, साउन २७ : हिजोआज सडकमा निस्कँदा तपाईंले सवारी व्यवस्थापनमा खटिएका सबैजसो ट्राफिकले ‘तपाईंको मास्क खैै?’ लेखिएको रिबन भिरेको देख्न सक्नुहुन्छ। 

सरकारले गत शनिबार (साउन २३) देखि २९ गतेसम्मका लागि मास्क अभियान सञ्चालन गरेको छ। सरकारको सोही अभियानलाई सघाउने उद्देश्यअनुरूप ट्राफिक प्रहरीले सडकमा मास्कबिना यात्रा गर्नेहरूलाई सचेत गराउन मंगलबारबाट ‘तपाईंको मास्क खैै?’ अभियान सुरु गरेको हो।
 
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो छ। कोरोना संक्रमणको राेकथाम र नियन्त्रणका लागि सरकार यतिखेर हरतरहले प्रयासरत छ।

सरकारलाई सघाउन ट्राफिक प्रहरीले सडकमा सुरु गरेको ‘तपाईंको मास्क खैै?’ अभियानले अहिले निकै चर्चा पाएको छ। प्रहरीले भिरेको रिबनले मास्कबिना यात्रा गर्ने सबैलाई मास्क लाउन झक्झक्याएको छ।

Hardik ivf

उपत्यकाका ४४ वटा ट्राफिक प्रहरी कार्यालयका ९ सयजनाले ड्युटीको समयमा ‘तपाईंको मास्क खैै?’ लेखिएको रिबन अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले बताएका छन्।

उनका अनुसार मास्क प्रयोग नगर्ने सडक प्रयोगकर्तालाई  मास्क लगाउन अभियानले प्रेरित गर्नेछ।

अभियानलाई सफल पार्न ट्रफिक प्रहरीहरुले मास्क नलगाएका पैदलयात्रुलाई मास्क वितरण गर्नुका साथै मास्कबिना यात्रा गरिरहेका यात्रुलाई गाडीभित्रै गएर मास्क प्रयोगका लागि सचेत गराइरहेका छन्। 

केही ट्राफिक प्रहरीले हातमा सेनिटाइजर पनि बोकेका छन्। उनीहरुले पैदलयात्रुलाई आवश्यकताअनुसार सेनिटाइजर पनि लगाइदिने गरेका छन्। 

 

प्रकाशित मिति: १२:५९ बजे, बुधबार, साउन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्