Kathmandu Press

नेवार समुदायमा गठेंमंगाः चर्‍हे पर्व मनाइँदै [फाेटाेफिचर]

काठमाडौं, साउन २२ : साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज नेवार समुदायमा घर शान्तिको कामना गर्दै गठेंमंगाः चर्‍हे अर्थात घण्टाकर्ण पर्व मनाईंदैछ।आजको  दिनमा...
नेवार समुदायमा गठेंमंगाः चर्‍हे पर्व मनाइँदै [फाेटाेफिचर]

काठमाडौं, साउन २२ : साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज नेवार समुदायमा घर शान्तिको कामना गर्दै गठेंमंगाः चर्‍हे अर्थात घण्टाकर्ण पर्व मनाईंदैछ।

आजको  दिनमा आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग व्याधि नलागोस् भनेर घण्टाकर्णको पूजा गरिन्छ। घर र परिवारलाई भूतप्रेत नलागोस् भनेर बौ वाय् ज्या (भूत मन्छाउने कार्य) यो पर्वको मौलिक परम्परा रहेको संस्कृतिविद्हरु बताउँछन्। 

गठेंमंगाः चर्‍हेलाई किसानहरुले ‘सिनाज्या ब्यंकेगु’ (रोपाईं कार्य सम्पन्न भएको) र चाडपर्व सुरुआत भएको सङ्केत पर्वका रूपमा पनि लिने गर्छन्। नेवार समुदायमा रोपाईं सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रूपमा ‘सिनाज्या ब्यंकेगु’ पर्व मनाइने गरिन्छ। 

गठेंमुंगाः चर्‍हे पर्वसँगै नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिन्छ। नेवारी समुदायले गाईजात्राका बेला प्रदर्शन गरिने विभिन्न भैरव नाच, व्यङ्ग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत गठेंमंगाःसँगै सुरु गरिन्छ। भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका लागि आजकै  दिनबाट मुकुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ। 

प्रकाशित मिति: ११:५० बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्