Kathmandu Press

बन्दैछ कमलपोखरी (फोटो फिचर)

एक वर्षभित्र पुनर्निर्माणको काम सक्ने गरी ११ असार ०७६ मा शिलान्यास गरिएको थियो। तोकिएको अवधि सकिए पनि पुनर्निर्माणको काम बाँकी छ। पुनर्निर्माण अन्तिम चरणमा रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ।
बन्दैछ कमलपोखरी (फोटो फिचर)

काठमाडौं, साउन २१ : निर्माणाधीन कमलपोखरीको दृश्यले आन्तरिक पर्यटक तान्न थालेको छ।

एक वर्षभित्र पुनर्निर्माणको काम सक्ने गरी ११ असार ०७६ मा शिलान्यास गरिएको थियो। तोकिएको अवधि सकिए पनि पुनर्निर्माणको काम बाँकी छ। पुनर्निर्माण अन्तिम चरणमा रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ।

साँझपख कमलपोखरीको वरिपरि झिलीमिली बत्तीमा रमाउनेहरूको भीड हुन्छ। अहिले पोखरी वरिपरि सौन्दर्यको काम भइरहेको छ। त्यससँगै काठका कलात्मक बुट्टा कुँद्ने काम धमाधम छ।

पोखरी पुनर्निर्माणको जिम्मा धनञ्जय कँडेल जेभी पाएको छ। निर्माण कम्पनीले पोखरीसँगै उद्यान निर्माण पनि गरिरहेको छ। उद्यान अपांगमैत्री हुनेछ भने बीचमा पानीको फोहोरा राखिनेछ।

पोखरीको चारै कुनामा कमल रोप्न स-साना पोखरी बनाइनेछन्। आगन्तुकलाई बस्नका लागि चौतारा पनि निर्माण गरिनेछन्। वरिपरि बिजुली जडान गरेर झिलीमिली पारिनेछ। खुला व्यायामका साधन, ब्याडमिन्टन र बास्केटबल खेल्ने ठाउँ हुनेछन्। पूर्वतिर मूलगेट हुने पोखरी प्रवेश गर्न तीनवटा प्रवेशद्वार बनाइने योजना छ।

महानगरले करिब २४ रोपनीमा कमलपोखरीलाई सुन्दर बनाउने पहल असार ०७६ देखि सुरु गरेको हो। त्यसका लागि ६ करोड ३६ लाख रुपैयाँ लागत अनुमान गरिएको छ।

प्रकाशित मिति: १५:५७ बजे, बिहीबार, साउन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्