तनहुँ वितरण केन्द्रमा ६ करोड रुपैयाँ बढी बक्यौता
तनहुँ, साउन २१ : तनहुँस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रको आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म ६ करोड ६ लाख ३९ हजार बक्यौता...
तनहुँ, साउन २१ : तनहुँस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रको आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म ६ करोड ६ लाख ३९ हजार बक्यौता रहेको छ।
कोभिड-१९ बाट सुरक्षित हुन निषेधाज्ञा जारी गरिएसँगै महसुल बुझाउन ग्राहक नआएपछि उक्त रकम बक्यौता हुन पुगेको सो कार्यालयले जनाएको छ ।
विगतका वर्षमा सरदर ३ करोड बक्यौता हुने गरे पनि गत आवमा दुई गुणा बढीले रकम बक्यौता हुन पुगेको कार्यालयका सूचना अधिकारी विष्णुराज लोहनीले जानकारी दिए।
उनका अनुसार ९३.८ प्रतिशत रकम सङ्कलन गर्न सकिएको छ भने ६.२ प्रतिशत सङ्कलन गर्न नसकिएको हो। सरकारले बक्यौता हुने ग्राहकको लाइन काट्न निर्देशन दिए पनि कोभिड-१९ का कारण फिल्डमा जान सक्ने अवस्था नरहेकाले लाइन नकाटिएको बताए।
यहाँ ४० हजार ४८५ विद्युत्का ग्राहक छन्। ४ करोड ५२ लाख २ हजार ५२८ युनिट विद्युत् बिक्री गर्दा रु ३९ करोड ७६ लाख ४० हजार ९ सय ८४ राजश्व सङ्कलन गरिएको छ।
प्रणाली व्यवस्थित गर्न सकिए करेन्टको कुनै अभाव नरहेको सो कार्यालयले जनाएको छ। जिल्लामा १०।५४ प्रतिशत विद्युत् चुहावट हुने गरेको बताइएको छ।
यहाँ विद्युत् चोरीका कुनै घटना नभए पनि प्राधिकरणले प्रणाली सुदृढीकरण गर्न सके चुहावटमा कमी ल्याउन सकिने कार्यालय प्रमुख इञ्जीनियर सोवितबहादुर क्षेत्रीले जानकारी दिए।




-1789476019.jpg)





-1789453539.jpg)
