Kathmandu Press

दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु

रिटमा सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलास तय भएको छ। अहिले रिट निवेदक कार्की पक्षका कानुनव्यवसायीले बहस गरिरहेका छन्।
दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु

काठमाडाैं, मंसिर ९ : नेपाल प्रहरीकाे महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको छ।

रिटमा सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलास तय भएको छ। अहिले रिट निवेदक कार्की पक्षका कानुनव्यवसायीले बहस गरिरहेका छन्।

आफूलाई गैरकानुनी रूपमा आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएको दाबीसहित सरकारको निर्णय रोक्न माग राखेर कार्की सर्वोच्च पुगेका हुन् । सरकारले कार्कीलाई सुरक्षा सल्लाहकार बनाउँदै डा. मनोजकुमार केसीलाई आईजीपीमा नियुक्त गरेको थियो।

यसअघि आईजीपी केसीले म्याद नबुझेको कारण देखाएर ७ मंसिरको सुनुवाइ स्थगित भएको थियो। गत १८ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहाकार बनाएपछि विवाद अदालत पुगेको हो।

प्रकाशित मिति: ११:५१ बजे, बुधबार, मंसिर ९, २०८३