Kathmandu Press

राष्ट्रिय कर दिवसको अवसरमा नेपाल क्यान ग्रुप मुभ सम्मानित

आर्थिक वर्ष २०८१/०८२ को आय विवरणअनुसार सेवा व्यवसायीतर्फ सबैभन्दा बढी आयकर दाखिला गरेको योगदानको कदर गर्दै आन्तरिक राजस्व कार्यालय कोटेश्वरले कम्पनीलाई सम्मानपत्र प्रदान गरेको हो ।
राष्ट्रिय कर दिवसको अवसरमा नेपाल क्यान ग्रुप मुभ सम्मानित

काठमाडौं, मंसिर ७ : नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभाग तथा आन्तरिक राजस्व कार्यालय कोटेश्वरद्वारा आयोजित राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ को सम्मान तथा समापन समारोहमा नेपाल क्यान ग्रुप मुभ प्रालि सम्मानित भएको छ । 

आर्थिक वर्ष २०८१/०८२ को आय विवरणअनुसार सेवा व्यवसायीतर्फ सबैभन्दा बढी आयकर दाखिला गरेको योगदानको कदर गर्दै आन्तरिक राजस्व कार्यालय कोटेश्वरले कम्पनीलाई सम्मानपत्र प्रदान गरेको हो । 

कम्पनीका कार्यकारी निर्देशक गंगबहादुर थापा र प्रमुख कार्यकारी अधिकृत सिईओ सुजित आचार्यको नेतृत्व, दूरदर्शिता र निरन्तर योगदानका कारण संस्थाले यो उपलब्धि हासिल गर्न सफल भएको हो । यस गौरवपूर्ण अवसरमा कार्यकारी निर्देशक गंगबहादुर थापा र सिईओ आचार्यले कम्पनीको प्रगति र सफलतामा निरन्तर साथ, सहयोग र योगदान पुर्‍याउनुहुने सम्पूर्ण कार्यालयका कर्मचारी, सेवाग्राही तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन् । 

राज्यको आर्थिक समृद्धि, सुशासन र विकासका लागि नियमित कर भुक्तानी तथा कर प्रणालीप्रतिको जिम्मेवारी अत्यन्त महत्त्वपूर्ण हुन्छ। निजी क्षेत्रले रोजगारी सिर्जना गर्नुका साथै राज्यको राजस्व वृद्धि र राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याउने योगदानको समेत यस सम्मानले कदर गरेको छ ।

यो सम्मान नेपाल क्यान ग्रुप मुभ प्रालिका लागि गौरवको विषय हुनुका साथै आगामी दिनमा अझ जिम्मेवार, पारदर्शी र सेवामुखी भएर अघि बढ्न थप प्रेरणाको स्रोत बनेको छ ।

प्रकाशित मिति: १०:४९ बजे, सोमबार, मंसिर ७, २०८३