Kathmandu Press

बुद्धले सातामा तीन दिन भरतपुर–भैरहवा उडान भर्ने

बैतडी, साउन २१ : बुद्ध एयरले यही साउन ३१ देखि भरतपुर-भैरहवा उडान थाल्ने भएको छ।कम्पनीका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले सातामा आइतबार, बुधबार र...
बुद्धले सातामा तीन दिन भरतपुर–भैरहवा उडान भर्ने

चितवन, साउन २१ : बुद्ध एयरले यही साउन ३१ देखि भरतपुर-भैरहवा उडान थाल्ने भएको छ।

कम्पनीका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले सातामा आइतबार, बुधबार र शुक्रबार दिउँसो १२ः५५ बजे तीन उडान गर्न लागेको जानकारी दिए।  

‘पर्यटकीय नगरीसँग हवाई उडान जोड्न उडान सुरु गर्न लागिएको हो,’ नारायणगढ–बुटवल सडक विस्तारका कारण यात्रुले सास्ती बेहोर्दै आएका छन् । 
 
भैरहवा उडानका लागि एकतर्फी भाडा २ हजार ८ सय ३५ देखि ४ हजार ३ सय ३५ रुपैयाँसम्म तय गरिएको छ। बुद्ध एयरले भरतपुर–काठमाडौँ नौ उडान गरिरहेको छ।

यस्तै बुद्धको भरतपुर–पोखरा दैनिक एक उडान छ। कोरोना कहरका कारण गरिएको निषेधाज्ञा खुकुलो भएसँगै एयरलाइन्सले उडान थालेको हो।

सुरुवातमा भैरहवा १८ सिट जहाजबाट उडान सुुरु गर्न लागिएको प्रबन्धक बस्नेतले बताए। सन् २००५ बाट चितवनमा उडान थालेको कम्पनीले निषेधाज्ञाअघिसम्म भरतपुर–काठमाडौं दैनिक १२ उडान भर्दै आएको थियो।

चितवन तेस्रो पर्यटकीय गन्तव्य हो। पोखरा र भैरहवा देशकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछन्। उडानको सञ्जाल जोडिएसँगै पर्यटक बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १४:२२ बजे, बिहीबार, साउन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्