Kathmandu Press

गणपति लघुवित्तका शाखा प्रमुखहरुले दिए सामूहिक राजीनामा

काठमाडौं, साउन १८ : तलब तथा सेवा सुविधा नबढाएको भन्दै गणपति लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुखहरुले सामूहिक राजीनामा दिएका छन्।लघुवित्तको कर्मचारी विनियमावली दुईदुई...
गणपति लघुवित्तका शाखा प्रमुखहरुले दिए सामूहिक राजीनामा

काठमाडौं, साउन १८ : तलब तथा सेवा सुविधा नबढाएको भन्दै गणपति लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुखहरुले सामूहिक राजीनामा दिएका छन्।

लघुवित्तको कर्मचारी विनियमावली दुईदुई वर्षमा तलब तथा सेवासुविधा बढाउनुपर्ने व्यवस्था रहे पनि त्यसो नगरिएपछि उनीहरु राजीनामा दिएर आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले सबै कर्मचारीको तलबसुविधा वृद्धिसँगै स्वास्थ्य बिमाको पनि माग गरेका छन्।

शाखा प्रमुखहरुकोसामूहिक राजीनामा आएपछि सञ्चालक समिति र उच्च व्यवस्थापन तलब तथा सेवा सुविधा बढाउनेबारे छलफल गरिरहेको बताइएको छ।

प्रकाशित मिति: १७:२३ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्